इक्यान मेला आजबाट (भिडियो सहित)

इक्यान मेला आजबाट (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । ५ साउन, काठमाडौं ।

वैदेशिक शिक्षालाई लक्षित गरी राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमन्डपमा आजदेखि ईक्यान (शैक्षिक परामर्श संघ, नेपाल) एजुकेसन फेयर–२०१७ सुरु भएको छ ।

चारदिनसम्म चल्ने यो मेलामा शैक्षिक परामर्श व्यवसायीहरुका अतिरिक्त कुटनीतिक नियोग र विदेशी कलेज तथा विश्वविद्यालयको सहभागिता रहनेछ ।

यस मेलामा विद्यार्थीले वैदेशिक शिक्षाको साङ्गोपाङ्गो अध्ययन नै गर्न पाउने छन् । यो क्षेत्रसँग सम्बन्धित व्यवसायीहरु, विद्यार्थी तथा अभिभावकले एकैथलोमा बसेर अन्र्तक्रिया गर्न पाउन भन्ने उद्देश्यले इ–क्यानले वर्षेनी मेला आयोजना गर्दै आएको आयोजकले जनाएको छ । मेलामा एजुकेसन कन्सल्टेन्सी, एजुकेसन प्रोभाईडर, विद्यार्थी एवं उनीहरुका अभिभावकले एकैथलोमा अन्र्तक्रिया गर्न पाउनेछन् ।

नि : शुल्क प्रवेशको व्यवस्था गरिएको यो शैक्षिक मेलामा यस पटक पनि अन्तर्राष्ट्रिय शैक्षिक संस्था एवं कुटनैतिक प्रतिनिधिहरुको उपस्थिती रहनेछ । यो मेला उच्च शिक्षाको अध्ययनका लागि विदेश जाने तयारी गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको हो ।

केही प्याभिलियन र २ सय ३० को हराहारीमा स्टल रहने यो शैक्षिक महोत्सवलाई १ लाख ५० हजार विद्यार्थी तथा अभिभावकले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

Logo