पाटन माध्यमिक विद्यालय नेपालको इतिहाससँग जोडिएको छ : प्रधानमन्त्री

पाटन माध्यमिक विद्यालय नेपालको इतिहाससँग जोडिएको छ : प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर महानगरपालिकामा रहेको पाटन माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन्।

२०७२ को भूकम्पपछि क्षतिग्रस्त बनेको पाटन माध्यमिक विद्यालयको नवनिर्मित भवन प्रधानमन्त्री ओलीले उद्घाटन गरे। उक्त भवन जापान सरकारको ऋण सहयोगमा नेपाल सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले निर्माण गरेको हो। 

भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पाटन माध्यामिक विद्यालय नेपालको इतिहास र व्यवस्थासँग जोडिएको बताए। विद्यालयले एक शताब्दीलाई अर्को शताब्दीसँग जोडेको पनि उनको भनाइ थियो । उनले भने, ‘यो भवन नेपालको इतिहाससँग जोडिएको छ। विभिन्न प्रणालीहरुसँग जोडिएको छ। एउटा युग र अर्को युग, एउटा शताब्दी र अर्को शताब्दीसँग जोडिएको छ। यसले पुलको काम गरेको छ शताब्दीहरुकोबीचमा। शासनहरुकोबीचमा। प्रणालीहरुकोबीचमा पुलको काम गरेको छ।’

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले नेपालका ८० प्रतिशत बालबालिकाहरु सामुदायिक विद्यालयमा पढ्ने गरेको भएपनि गुणस्तरीय शिक्षा प्रदान गर्न नसकेको बताए। उनले पाटन माध्यामिक विद्यालयले आगामी दिनमा गुणस्तरीय शिक्षा प्रदान गर्ने विश्वास पनि व्यक्त गरे।

मेयर महर्जनले गुणस्तरीय शिक्षा प्रदान गर्ने सन्दर्भमा महानगरपालिकाले आवश्यक सहयोग गर्ने समेत बताए।

Skip This
Skip This
Logo