राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ। आज बिहान बसेको बोर्डको बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने तय भएको एसईई र जेठ २६ गतेबाट हुने तय भएके कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।
बोर्डका अनुसार अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको छ। यस वर्ष ५ लाख १७ हजार विद्यार्थी एसईईको तयारी छन्।
जेठ १३ गतेबाट सञ्चालन हुने एसईईका लागि प्रश्नपत्र छपाइको काम भने सकिएको छ। तर कोरोना महामारी नियन्त्रणमा आउन तत्काल असम्भव देखिएसँगै देशभर परीक्षा संचालन हुन नसक्ने निर्ष्कष निकालिएको बोर्डले जनाएको छ। जेठ २६ बाट हुने कक्षा १२ को परीक्षामा करिब ४ लाख परीक्षार्थी सामेल हुने बताइएको छ।





























प्रतिक्रिया