सामान्यतः प्लस टू पढिसकेपछि कुन कलेज पढ्ने, कुन विषय पढ्ने, कुन ठाउँमा गएर पढ्ने जस्ता प्रश्नले विद्यार्थीहरुलाई पिरोल्ने गर्छ। आजभोलि त अधिकांश विद्यार्थीलाई उच्च शिक्षाका लागि कुन देश जाने, कुन कलेज तथा युनिभर्सिटी छान्ने, त्यो देशको कुन सहरमा बस्दा आर्थिकरुपमा सहज हुन्छ जस्ता अनेकन सवालहरु दिमागमा आउने गर्छन्।
यसको समाधानका लागि देशमै हो भने भएभरका कलेज चाहार्नु पर्ने र देश बाहिर नै जाने हो भने पुतलीसडक र बानेश्वरका अनेकन कन्सल्टेन्सि धाउनु पर्ने बाध्यता थियो । तर स्टडि इन्फो सेन्टर डट कम सुरु भएपछि, देशभित्रै होस् या संसारभरका जुनसुकै देश, त्यहाँका युनिभर्सिटी र कलेजमा पढ्न जानेहरुका लागि घरमै बसि बसि यी सबै कुरा सम्भव भएको छ।
स्टडि इन्फो सेन्टर डट कम विद्यार्थीहरुलाई उनीहरुले चाहेको देशमा शैक्षिक तथा कामको अवसर, विषय र शैक्षिकसंस्था खोज्न भरपर्दो अनलाइन माध्यम बनेको छ। २०२० को नोभेम्बरबाट औपचारिक रुपमा सुरु भएको यस संस्थाको वेबसाइटमा उच्च शिक्षासम्बन्धी अनेकन् जिज्ञासा लिएका २ लाखभन्दा धेरैले भिजिट गरिसकेका छन् भने १० हजार बढी विद्यार्थीहरु विभिन्न सूचनाको माग गर्दै जोडिएका छन् ।
छोटो अवधिमै विभिन्न देशका विद्यार्थीहरुमाझ विश्वसनीय बन्न सफल स्टडि इन्फो सेन्टरबाट हालसम्म ६ हजार बढी विद्यार्थीहरुले विभिन्न अवसरहरुको पहिचान गर्दै संस्थाले दिने कोर्षसम्बन्धी जानकारी, युनिभर्सिटीहरुको तुलना र अनलाइन परामर्श जस्ता सेवाहरु लिइसकेका छन्। नेपालसँगै श्रीलंका, फिलिपिन्स, भारत लगायतका देशहरुबाट समेत विद्यार्थीहरुले सोधपुछ गर्ने गरेको स्टडि इन्फो सेन्टरकी निर्देशक रमला भण्डारीले जानकारी दिइन्।
स्टडि इन्फो सेन्टरले ३०० भन्दा धेरै युनिभर्सिटी र कलेज र अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया, डेनमार्क लगायतका १२ बढी उच्च शिक्षाका लागि कहलिएका मुलुकमा जान चाहने विद्यार्थीहरुलाई सहजीकरण गरिरहेको छ। संस्थाले अध्ययन गर्ने कोर्ष र कलेज छनोट गर्न मात्र होइन, विद्यार्थीलाई अध्ययन भिसा लिएर आफ्नो अन्तर्राष्ट्रिय डिग्रीको सपना पुरा गर्दै भविष्य सुनिश्चित गर्न सहयोग गर्ने गरेकाे छ।
विश्वब्यापी चुनौतीको रुपमा फैलिएको कोभिड १९ का कारण मानिसहरुको चहल पहल नै ठप्प जस्तो भएको छ। भिडभाड, सार्वजनिक यात्रा र भौतिक भेटघाटबाट सकेसम्म टाढै रहनु पर्ने वाध्यताकाबीच स्टडि इन्फो सेन्टरको सेवा हरेकका लागि सहज र भरपर्दो विकल्प बनेको छ। घरमै बसेर दक्ष तथा अनुभवि परामर्शदाताहरुबाट सम्पूर्ण जानकारी निःशुल्क लिन सकिने र गन्तब्यसम्म जान आवश्यक जानकारी लिई प्रक्रियासमेत अघि बढाउन सकिने भएकोले पनि www.studyinfocentre.com प्रति विद्यार्थीको चासो बढेको पाइएको छ।































प्रतिक्रिया