विश्वभर कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट फैलिएसँगै बन्द भएको वैदेशिक अध्ययन स्वीकृती खुल्ला भएको छ।
गत असार ७ गते बसेको मन्त्रिपरिषदको निर्णयले जनस्वास्थ्यको मापदण्ड पूर्णरुपमा पालना गरी नेपाल वायु सेवा निगम र सम्बन्धित देशका वायुसेवा उडान गर्न अनुमति दिएकाले वैदेशिक अध्ययन स्वीकृती खुल्ला गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।
कोरोनाको दोस्रो लहर फैलिएसँगै गत वैशाख ६ गतदेखि वैदेशिक अध्ययन स्वीकृती बन्द गरिएको थियो।
सरकारले तोकेको मुलुकहरुमा नियमितरुपमा अन्तर्राष्ट्रिय उडान हुने भएकाले जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीन गरि ५ देशका लागि वैदेशिक अध्ययन स्वीकृती खुल्ला गरिएको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया