नेपालमै ‘आर्टिफिसियल इन्टेलिजेन्स’ पढाइ हुने, यस्तो छ काठमाडौँ विश्वविद्यालयको तयारी

नेपालमै ‘आर्टिफिसियल इन्टेलिजेन्स’ पढाइ हुने, यस्तो छ काठमाडौँ विश्वविद्यालयको तयारी

केन्द्रबिन्दु
0
Shares

सूचना प्रविधी बजारमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (कृत्रिम बुद्धिमत्ता) को प्रयोग बढ्दो छ। त्यसै अनुसार यो क्षेत्रमा जनशक्तिको माग बढ्दो छ। 

नेपालका उच्च शिक्षा अध्यापन संस्थाले यो क्षेत्रलाई नजरअन्दाज गर्दै आएको अवस्थामा काठमाडौँ विश्वविद्यालयले भने ब्याचलर्स र मास्टर्स दुवै तहमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ को कोर्स ल्याउने भएको छ। 

‘बि.टेक इन आर्टिफिसियल इन्टेलिजेन्स’ (ब्याचलर्स) र ‘एम.टेक इन आर्टिफिसियल इन्टेलिजेन्स’ (मास्टर्स) कोर्स काठमाडौँ विश्वविद्यालयले २०२१ को सेप्टेम्बरबाट सुरु गर्ने भएको हो। 

‘बि.टेक इन आर्टिफिसियल इन्टेलिजेन्स’ मा ३० र ‘एम.टेक इन आर्टिफिसियल इन्टेलिजेन्स’ मा १० संख्यामा काठमाडौँ विश्वविद्यालयले भर्ना लिने भएको हो। कक्षाहरू काभ्रेको पाँचखालमा आवासीय मोडमा संचालन गरिनेछ। 

‘बि.टेक इन आर्टिफिसियल इन्टेलिजेन्स’ कार्यक्रमको लागि कुल शुल्क ८ लाख रूपैयाँ निर्धारण गरिएको छ। त्यस्तै ‘एम.टेक इन आर्टिफिसियल इन्टेलिजेन्स’ कार्यक्रमको लागि कुल शुल्क ३ लाख ९५ हजार रूपैयाँ निर्धारण गरिएको छ।

Logo