इन्टरनेशनल स्कुल अफ टुरिजम एण्ड होटेल म्यानेजमेन्ट (आइएसटी) कलेजबाट स्नातक गर्ने एक सय विद्यार्थी दीक्षित भएका छन्।
मंगलबार भर्चुअल माध्यमबाट आइएसटी कलेज र साल्जबर्ग युनिभर्सिटी अफ एप्लाइड साइन्सेस अष्ट्रियाले नेपालमा १४औं दीक्षान्त सम्पन्न गरेको हो ।
भर्चुअलमा भएको १४ औं दीक्षान्तमा साल्जबर्ग युनिभर्सिटीका डिन प्रोफेसर इभा ब्रुकरले भिडियोमार्फत दीक्षित बिद्यार्थीहरुलाई शुभकामना दिएकी
थिइन्।
.jpg)
.jpg)
त्यस्तै, भर्चुअल दीक्षान्त कार्यक्रममा आइएसटीका कार्यकारी प्रमुख (सिईओ) नरेन्द्र बज्राचार्यले आफ्नो कलेज होटल म्यानेजमेन्ट पढ्न चाहने विद्यार्थीको पहिलो रोजाइमा पर्दै आएको बताए । आइएसटी कलेजले व्यवहारिक सीप सहितको शिक्षा दिने गरेकाले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको लागि सहज भइरहेको उनको भनाई थियो ।
.jpg)
त्यस्तै, भर्चुअल दीक्षान्तमा बोल्दै निर्देशक तेजबहादुर ढकालले मिहिनेत गरेर दीक्षित भएकाले विद्यार्थीको भविष्य उज्ज्वल रहेको बताए । कलेजकी प्रिन्सिपल सम्झना बस्नेतले आइएसटी कलेज होटल म्यानेजमेन्ट क्षेत्रको उत्कृष्ट कलेज भएकाले यस कलेजबाट दीक्षित भएका विद्यार्थीले रोजगारीको लागि कतै भौंतारिनु नपर्ने बताइन्।
भर्चुअल कार्यक्रममा कलेजको वार्षिक स्मारिका र टुरिजम जर्नल गेजको १४ औं अंकको विमोचन समेत गरिएको थियो ।
.jpg)
त्यस्तै कार्यक्रममा साल्जबर्ग युनिभर्सिटीका प्रतिनिधि जोर्ज जार्को पेड्राजाले दीक्षित विद्यार्थीहरुलाई सपथ गराउर्दै दीक्षित विद्यार्थीलाई उत्प्रेरणा जगाउन साल्जबर्ग युनिभर्सिटीको विषयमा मन्तव्य राखेका थिए ।
.jpg)
यो वर्ष आइएसटी कलेजबाट सर्वोत्कृष्ट अंक ल्याएर प्रथम एन्जिला राई, द्धितिय मनिष बज्राचार्य तथा तृतिय निक्सल राई भएका छन्। अहिलेसम्म उक्त कलेजबाट १७ सय ९२ जना विद्यार्थीहरु दीक्षित भइसकेका छन्। भने दीक्षित भएका विद्यार्थीहरु प्राय कोही पनि बेरोजगार नभएको समेत कलेजले जनाएको छ ।





























प्रतिक्रिया