काठमाडौंको नयाँ वानेश्वरमा अवस्थित नोवेल एकेडेमीले लामो र गौरवमय शैक्षिक इतिहास बनाएको छ। नोबेल एकेडेमी यस्ता थोरै शैक्षिक संस्था मध्येमा पर्छ, जसले पूर्व प्राथमिकतहदेखि स्नातकोत्तरसम्मको कार्यक्रम सञ्चालन गर्छ । नेपालमा निजी क्षेत्रमा सबैभन्दा वढी कार्यक्रम सञ्चालन गर्ने पहिलो संस्था पनि नोवेललाई नै मानिन्छ । कम शुल्कमै स्तरिय शिक्षा पाइने नोबेलले जेहेन्दार, गरिब, पिछडिएको विद्यार्थीलाई शतप्रतिशतसम्म छात्रवृत्ति दिँदै आएको छ ।
अध्ययनका विषय
स्कुल लेभलदेखि प्लस टु हुँदै स्नातक तहसम्म अध्ययन अध्यापन हुने नोवेलमा विभिन्न विषयमा अध्ययन गर्न सकिन्छ । खासगरी उच्च माध्यामिक तहमा मानविकी, विज्ञान र व्यवस्थापन संकायको पढाई हुन्छ ।
भौतिक पूर्वाधार
उच्च सुविधायुक्त पुस्तकालय, विज्ञान ल्याव, कम्प्युटर ल्यावको सुविधा छ, यस कलेजमा । त्यस्तै होस्टल, क्यान्टिन र यातायातको पनि राम्रो र सुलभ व्यवस्था गरिएको छ ।
२० वर्ष अघिदेखि सफलतापूर्वक उडान भरिरहेको नोवेल एकेडेमीप्रति विद्यार्थी र अभिभावकको गहिरो रुची देखिन्छ । २०६१ को एसएलसी वोर्डमा पाँचौं स्थान हासिल गरेका नोवेलकै विद्यार्थी प्रशान्त खरेल वुढानिलकण्ठ स्कुलवाट ए लेभलमा विश्व सर्वोत्कृष्ट भएर पूर्ण छात्रावृत्तिमा अमेरिकामा अध्ययन गरिरहेका छन् । यही स्कुल तह पार गरेका सविन ज्ञवालीले पनि ए लेभलमा ‘एस्से राइटिङ कम्पिटिशन’ मा वल्र्ड टप गरेका थिए । त्यसैगरी २०६० मा एसएलसी वोर्डमा तेह्रौ स्थान ल्याएका विद्यार्थी आदित्य महरा पूर्ण छात्रावृत्तिमा अमेरिकामा फिजिक्स पढिरहेका छन् ।
नोवेल एकेडेमीका विद्यार्थीले प्लस टुमा पनि सर्वोत्कृष्ट नतिजा हासिल गर्दै आएका छन् । उच्च माध्यमिक शिक्षा परिषद् अन्र्तगत सञ्चालित २०५७ को परीक्षामा नोवेलका तीन जना विद्यार्थी रवी शेखर अग्रवाल, मन्जुला श्रेष्ठ र सृजोल श्रेष्ठ क्रमस वोर्ड प्रथम, द्वितिया र तृतीय स्थानमा आएका थिए । त्यसपछिका दुई वर्ष पनि एचएसइवीको वोर्ड प्रथम नतिजा नोवेलकै विद्यार्थीको पोल्टामा परेको थियो । २०५८ मा एरिना राजभण्डारी र २०५९ मा पियुष न्यौपाने वोर्ड फस्ट भएका हुन् । इतिहासमात्र होइन, नोवेलको वर्तमान र भविश्य पनि उत्तिकै सुन्दर देखिन्छ । यस्तो लाग्छ, नोवेल प्रतिभा जन्माउने प्लेटफर्म हो ।
अतिरिक्त क्रियाकलाप
नोवेलले पढाईका अतिरिक्त खेलकुद, शैक्षिक भ्रमण, प्रोजेक्ट वर्क आदि माध्यमबाट व्यवहारिक शिक्षा प्रदान गर्दै आएको छ । पाठ्यक्रमले मात्र विद्यार्थीलाई सक्षम बनाउन सक्दैन भन्ने निष्कर्षका साथ नोवेलले अतिरिक्त क्रियाकलापमा समेत विशेष जोड दिंदै आएको छ ।
निष्कर्ष
कुशल व्यवस्थापनकै कारण लामो समय एक ढिक्का भएर प्रगति पथमा लम्किरहेको नोवेललाई विश्वविद्यालय वनाउने लक्ष्य लिएको छ, एकेडेमी सञ्चालक समितिले । शिक्षालाई उन्नत किसिमको नागरिक उत्पादन गर्ने लक्ष्यका साथ क्रियाशील नोवेलले चीरकालसम्म स्तरियतामा सम्झौता नगर्ने पनि यसका सञ्चालकहरुको दावी रहँदै आएको छ।
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला





























प्रतिक्रिया