एमाले निकट अनेरास्ववियुद्वारा लुम्बिनी बौद्ध विश्वविद्यालयमा तालाबन्दी

एमाले निकट अनेरास्ववियुद्वारा लुम्बिनी बौद्ध विश्वविद्यालयमा तालाबन्दी

केन्द्रबिन्दु
0
Shares

अनलाइन कक्षाको नाममा पूरा शुल्क लिएको भन्दै लुम्बिनी बौद्ध विश्वविद्यालयमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन्। नेकपा एमाले निकट अनेरास्ववियुले विश्वविद्यालयमा तालाबन्दी गरेको हो। 

कोरोना महामारीको समयमा चलाइएको अनलाइनको पूरा शुल्क लिएको अनेरास्ववियुको आरोप छ। क्याम्पस प्रशासनले कोभिड- १९ को चपेटामा परेका विद्यार्थीलाई भौतिक उपस्थिति नभई एवं क्याम्पसको कुनै पनि प्रयोगात्मक सामग्री प्रयोग नगरेको अवस्थामा पूरै शुल्क लिएको अनेरास्ववियुको आरोप छ।

विद्यार्थीले आफ्नै साधन र स्रोत परिचालन गरि लिएको अनलाइन कक्षाको पूरै शुल्क लिएकाले बाध्य भएर तालाबन्दी गरेको अनेरास्ववियुका अध्यक्ष राजेश आचार्य र सचिव साजन शर्मा पन्थीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

‘लकडाउन अवधिभरको शैक्षिक शुल्कमा छुट दिने सरकारको निर्णयलाई तत्काल कार्यान्वयन गर्न माग गर्दछौँ। विद्यार्थीहरूबाट शैक्षिक शुल्कबापत लिएको रकम अविलम्ब फिर्ता गर्न हाम्रो जोडदार माग छ', अनेरास्ववियुले भनेको छ। 

आफूहरूको मागलाई बेवास्ता गर्दै विद्यार्थीहरूलाई धम्क्याउने कार्य क्याम्पस प्रशासनबाट भएकाले माग पूरा नहुँदासम्मका लागि तालाबन्दी गरिएको अनेरास्ववियुले जनाएको छ।न्युज कारखाना

Skip This
Skip This
Logo