काठमाडौं ।
अहिले विश्व व्यापीरुपमा फैलिएको कोरोना भाइरसको असरले नेपालको शैक्षिक क्षेत्र अति प्रभावित भएको छ । तर यो कोरोना संक्रमणलाई दरिलोरुपमा सामना गर्दै काठमाडौंको मिनभवनमा अवस्थित भिएस निकेतनले आफ्ना विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्नमा कुनै कम्प्रोमाइज गरेको छैन । भिएस निकेतन एजुकेशन फाउन्डेशनद्वारा संचालित यस कलेज देशकै सर्वाधिक रुचाइएको शिक्षण संस्था हो । आफ्नै स्टुडियो निर्माण गरी यस कलेजले उच्चतम प्रविधिको प्रयोग गरी विषम पस्थितिमा पनि विद्यार्थीहरुलाई अनलाइनमार्फत अध्ययन अध्यापन गराउँदै आएको छ ।
कलेजको स्टुडियोबाट नै विद्यार्थीहरुलाई बिहानदेखि बेलुकासम्म विभिन्न विषयका शिक्षक शिक्षिकालाई कलेजबाटै अनलाइनमार्फत अध्ययन अध्यापन गरिरहेको छ । पूर्व प्राथमिक तहदेखि माध्यामिक हुँदै उच्च माध्यामिक तहसम्मको ३८ वर्षसम्मको निरन्तर सफलताले नै यस कलेजको महत्व र आवश्यकता पुष्टि हुदै आएको छ ।
विज्ञान र व्यवस्थापन दुवै संकायमा अब्बल यस कलेजमा विज्ञान संकायमा बायोलोजी, क्यामेस्ट्री, फिजिक्स लगायतको अध्ययन अध्यापन हुँदै आएको छ भने व्यवस्थापन संकायमा होटल व्यवस्थापन, बिजिनेस स्टडी, कम्प्यूटर साइन्स जस्ता महत्वपूर्ण विषयहरुको अध्ययन अध्यापन हुँदै आएको छ । अधिकांश विद्यार्थी र अभिभावकको रोजाइमा पर्न सफल यस कलेजले आफ्ना विद्यार्थीहरुको उज्जवल भविष्यका लागि आवश्यक सम्पूर्ण स्रोतसाधन परिचालन अब कसरी सञ्चालन गर्दैछ भन्ने विषयमा कलेजका प्रिन्सिपल गोपाल सिंहसँग गरिएको कुराकानीः
भिएस निकेतन कलेजको हिजो र आजको विषयमा बताइ दिनुस् न ?
काठमाडौंको मीनभवनमा अवस्थित भिएस निकेतन कलेज बिगत ३८–३९ वर्षदेखि चिरपरिचित उत्कृष्ट शिक्षण संस्था हो । यो कलेज स्व. बाबुराम पोखरेलको अथक परिश्रम, लगन, त्याग र तपस्याको साक्षातस्वरुप हो । भिएस निकेतन कलेजमा विज्ञान र व्यवस्थापन दुवै संकायमा अध्ययन भइरहेको छ । विज्ञान संकायमा बायोलोजी, क्यामेस्ट्री, फिजिक्स लगायत व्यवस्थापन संकायमा होटल व्यवस्थापन, बिजिनेस स्टडी, कम्प्यूटर साइन्सको अध्ययन गराउने कामहरु भिएस निकेतन कलेजमा बिगत केही बर्षदेखि भइरहेको छ ।
कोभिड महामारीको यो विद्यमान परिस्थितिमा सुरक्षाको हिसाबले कक्षाहरु सञ्चालन हुन नपाए पनि विद्यार्थीहरुलाई अनलाइनको माध्यमबाट भए पनि कलेजले विद्यार्थीहरुको घरदैलोमा आवश्यक शैक्षिक सामाग्रीहरु पु¥याउने प्रयास गरिरहेको छ । यसै शिलशिलामा कलेजले आफ्नै एउटा स्टुडियो समेत निर्माण गरेको छ । उक्त स्टुडियोबाट विद्यार्थीहरुलाई बिहानदेखि बेलुकासम्म विभिन्न विषयका शिक्षक शिक्षिकालाई कलेजमै बोलाएर अनलाइनमार्फत अध्ययन अध्यापन गर्ने कामहरु गरिरहेको छ ।
शिक्षण सिकाइका लागि अन्य कस्ता सुविधाहरु रहेका छन् ?
भिएस निकेतन कलेजको शैक्षिक संस्थाभित्र आफ्नै विशाल पुस्तकालय, कम्प्यूटर साइन्सका प्रयोगशाला, खेलकुदका लागि बास्केटबल, टेबल टेनिसको ग्राउन्ड सुविधा उपलब्ध छ । यस लगायत कलेजले विद्यार्थीहरुको नवप्रवर्तक सहयोगका लागि फुटसल र क्रिकेटहरुमा पनि लिएर गएको छ । यसका लागि छुट्टै शिक्षक शिक्षिकाहरु पनि राखिएको छ ।
विज्ञान र व्यवस्थापन दुवै संकायका १५–२० वर्षदेखिका अनुभवी शिक्षकहरु यस कलेजसँग जोडिएका छन् । उहाँहरुबाट आफ्नो अनुभव र शैक्षिक क्षेत्रको ज्ञानहरु विद्यार्थीहरु बीच समान रुपमा प्रदान गर्दै आइराख्नु भएको छ । यो कलेजमा व्यवस्थापनको हिसाबले पनि सम्पूर्ण व्यवस्थापन एउटा परिवार जस्तै छ । जसलाई भिएस निकेतन परिवार भन्छौं ।
कोभिडले गर्दा काठमाडौं आउन नसकेका विद्यार्थीहरु सँगसँगै अभिभावकहरुले अनलाइनको माध्यमबाट भीएस निकेतन हाइयर सेकेन्डरीको पेजमा गएर फारमहरु भर्न सक्नु हुन्छ । यो लिङ्कमा प्रवेश परीक्षाहरु दिन सकिन्छ । यसको नतिजा पनि अनलाइनबाटै प्रकाशित गर्छौं । यसपछि बैंकको माध्यमबाट दर्ता गर्न सकिन्छ । कोभिड महामारी अलिक सहज भएमा भौतिकरुपमा विद्यालय आएर पढ्ने वातावरण मिल्यो भने हामी छिटै सुरु गर्नेछौं ।
कलेजले आफ्ना विद्यार्थीहरुका लागि यो विषम परिस्थिती पश्चात अध्ययन अध्यापनमा कस्तो तयारी गर्दैछ ?
कोरोना महामारीले अहिले नेपाललाई मात्रै नभएर विश्वभर नै प्रभाव बनाएको छ । यसको प्रभावले विगत ६ महिनादेखि नेपालको शैक्षिक क्षेत्र प्रभावित बनेको छ । यसको प्रभावसँगै सुरुका दिनमा शिक्षण सिकाइ प्रक्रियाको नयाँ प्रविधिको खोज पनि भइरहेको थियो । सुरुका दिनमा केही अन्यौल भए पनि अहिले नयाँ प्रविधि अनलाइनको माध्यमबाट विद्यार्थीहरुलाई शिक्षण सिकाइ प्रक्रियामा सहभागी गरिदै आएका छौं । देशको जुनसुकै क्षेत्रमा पुगेका विद्यार्थीहरुसँग प्रविधिको प्रयोगबाट अनलाइन कक्षाहरु सञ्चालन भइरहेका छन् ।
कोभिड महामारीको यो विद्यमान परिस्थितिमा सुरक्षाको हिसाबले कक्षाहरु सञ्चालन हुन नपाएपनि विद्यार्थीहरुलाई अनलाइनको माध्यमबाट भए पनि कलेजले विद्यार्थीहरुको घरदैलोमा आवश्यक शैक्षिक सामाग्रीहरु पु¥याउने प्रयास गरिरहेको छ । कक्षा ११ मा नयाँ भर्ना हुने विद्यार्थीहरुका लागि पनि अनलाइनबाट नै भर्ना गर्न सक्ने व्यवस्था गरिएको छ । यसरी भर्ना भएका विद्यार्थीहरुका लागि यदि कोभिड नसकिएको खण्डमा घरमै बसेर पढ्ने अवस्था सिर्जना भयो भने कलेजले शिक्षकहरुलाई र विद्यार्थीलाई चाहिने सम्पूर्ण नोटहरु बोर्डलाई चाहिने कुराहरु, महत्वपूर्ण प्रश्नहरु सबै प्रदान गर्नेछन् । किताबहरुको लागि पनि कुन प्रकाशनका किताब पढ्ने पनि सम्बन्धित शिक्षकहरुले आ–आफ्नो कक्षामा सबै विद्यार्थीहरुलाई व्यवस्था गर्न भनिएको छ ।
नयाँ भर्ना हुने विद्यार्थीहरुका लागि अन्य के सुविधाहरु रहेका छन् ?
कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीहरुरका लागि छुटको व्यवस्था गरिएको छ । जस्तो, टाढा टाढाबाट आउने विद्यार्थीहरुको एसईई नतिजाको आधारमा विभिन्न प्रकारका छात्रवृत्तिको कोटाहरु पनि बनाइएको छ । विज्ञान र व्यवस्थापन दुवै संकायमा कलेजले छात्रवृत्तिका लागि ३.२ अङ्क बाट सुरु गरेको छ । ३.८, ३.९ अङ्क ल्याउने विद्यार्थीहरुका लागि अझै धेरै छात्रवृत्तिको व्यवस्था गरिएको छ । यो छात्रवृत्ति कक्षा ११ का लागि भयो । त्यस्तै कक्षा १२ मा गएर पनि कक्षा ११ को नतिजाको आधारमा कलेजले विभिन्न कोटाका छात्रवृत्तिहरु उपलब्ध गराएको छ ।
भिएस निकेतन कलेजले टाढा टाढाबाट आउने विद्यार्थीहरुको एसईई नतिजाको आधारमा विभिन्न प्रकारका छात्रवृत्तिको कोटाहरु पनि व्यवस्था गरेको छ । यस्तै कलेजमा कम्प्यूटर प्रयोगशालाको लागि प्रशस्तै ठाउँहरु उपलब्ध छन् । विज्ञानका विद्यार्थीहरुका लागि बायोलोजी, क्यामेस्ट्री र फिजिक्सका लागि भिन्दा-भिन्दै प्रयोगशालाहरु छन् ।
कोभिड संक्रमणबाट बच्न कस्ता मापदण्डहरु अपनाउनु भएको छ ?
कोभिड संक्रमण नियन्त्रणका लागि अपनाउनु पर्ने मापदण्डहरु कलेजले भरपुर अपनाइरहेको छ । सरकारले तोकेका सबै मापदण्डहरु लागू गरेका छौं । सरकारले विद्यालय सञ्चालन गर्न अनुमति दिएको छैन । त्यसैले अनलाइनबाट नै विद्यार्थीहरुलाई अध्ययन अध्यापन गराउँदै आएको छ । अनलाइनबाट कक्षाहरु सञ्चालन भए पनि कलेजमा उपस्थित भएर अध्ययन गर्नु र अनलाइनबाट गर्नुमा कुनै कमि बनाएका छैनौं ।
कोभिडका कारण नयाँ विद्यार्थीहरुलाई स्वागत गर्ने क्रममा भौतिकरुपमा उपस्थित हुन सकेका छैनौं । तर कलेजले अनलाइन भिडियोको माध्यमबाट भए पनि सम्पूर्ण विद्यार्थीहरुलाई भिएस निकेतन परिवारमा स्वागत गर्ने एउटा कार्यक्रम चाडै नै बनाउने तयारीमा छौं ।





























प्रतिक्रिया