काठमाडौं ।
कोभिड १९ ले पारेको प्रभावप्रति सामाजिक उत्तरदायित्व वहन गर्दै अघि बढेको छ काठमाडौंको बल्खुचोकमा अवस्थित काठमाडौं बर्नहार्ट कलेज । कोरोना रोकथामका लागि घोषित लकडाउन लगत्तै अत्याधुनिक प्रविधिबाट अनलाइन क्लास संचालन गरेको यस कलेजले हाल आफ्नो सोसल मिडिया र अनलाइनमार्फत विद्यार्थीहरुको भर्ना अभियान संचालन गरिरहेको छ ।
आफ्नो कलेजबाट पासआउट हुने प्रत्येक विद्यार्थी सफल हुनुपर्छ भन्ने मौलिक मान्यता २० बर्ष अगाडि स्थापित यस कलेजले सर्वसुलभ मूल्यमा गुणस्तरीय र भरपर्दाे शिक्षा प्रदान गर्दै आएको छ । नेपालको शैक्षिक क्षेत्रमा एकपछि अर्को छलाङ मारेको बर्नहार्ट कलेजमा एउटै छानामूनि विद्यालय तहदेखि मास्टर तहसम्म अध्ययन अध्यापन हुँदै आएको छ ।
उच्च माध्यमिक तहमा देशभरमै उत्कृष्टता हासिल गर्दै आएको यो कलेज विद्यार्थी र अभिभावकहरुको पहिलो रोजाईमा पर्दै आएको छ । २० वर्षको अवधिमा हजारौँ विद्यार्थी सफलताका साथ पास आउट गरिसकेको कलेजका उत्पादनहरु हाल देशभित्र मात्र नभई देशबाहिर पनि डाक्टर, ईन्जिनियर, सिएको रुपमा कार्यरत रहेका छन् ।
कलेजमा शिक्षण पेशामा नै आफ्नो जीवन बिताएका संचालक र शिक्षक शिक्षिकाहरु रहेका छन् । शिक्षामा समर्पित र शिक्षालाई बुझेको समूहले संचालन गरेकोले काठमाडौं बर्नहर्टको नतिजा उत्कृष्ट हुने गर्दछ । हरेक वर्ष ९० प्रतिशतभन्दा माथि रिजल्ट प्राप्त गर्दै आएको यस कलेजबाट थुप्रै विद्यार्थीहरु नेपाल टप र बोर्ड टपमा समेत नाम निकालिसकेका छन् ।
दक्ष तथा अनुभवी शिक्षक शिक्षिका, अध्यापनको आधुनिक शैली, व्यवहारिक तथा प्रयोगात्मक शिक्षा प्रमुख विशेषता रहेको यस कलेजले प्लस टु लेभलमा विज्ञान, व्यवस्थापन र मानविकी संकायमा अध्ययन अध्यापन गराउँदै आएको छ भने ब्याचलरतर्फ विएससी, सिएसआइटी, बिसिए, बिबिएम, बिबिएस, बिए (बिएसडब्ल्यु) को कक्षाहरु संचालन गर्दै आएको छ । यसका साथै कलेजले मास्टर लेभलमा एमबीएसको कोर्स पनि संचालन गरिरहेको छ ।
सामान्य विद्यार्थीलाई सर्वोत्कृष्ट विद्यार्थी बनाउने लक्ष्यका साथ संचालन भईरहेको यस कलेजले विद्यार्थीहरुलाई पढाईमा ध्यान केन्द्रित गराउन विभिन्न क्रियाकलापहरु संचालन गर्दै आएको छ । विद्यार्थीहरु फरक परिवेश, फेमिली ब्याकग्राउण्ड र विद्यालयबाट आउने भएकोले त्यस कुरालाई मध्यनजर गर्दै आवश्यक विद्यार्थीलाई एक्लाएक्लै काउन्सिलिङ गरि उनीहरुको समस्या पनि समाधान गर्ने गरिन्छ ।
जेहेन्दार तथा दुर्गम क्षेत्रका विद्यार्थीलाई विभिन्न प्रकारको छात्रवृत्ति प्रदान गर्दै आएको यस कलेज विद्यार्थीको मात्र होईन समाजको दृष्टिमा उत्कृष्ट कलेज बन्न सफल भएको छ । त्यसैले बर्नहाटले विभिन्न प्रकारका एक सय भन्दा बढी अवार्डहरु समेत प्राप्त गरिसकेको छ भने QAE सर्टिफिकेट पाउने पहिलो निजी विद्यालय बन्न सफल भएको छ । त्यस्तै शिक्षा मन्त्रालयबाट गत वर्षको उत्कृष्ट निजी कलेजको पहिलो नम्बरमा समेत यसले आफ्नो उचाई थप गरेको छ ।
पाठ्यक्रमलाई नतिजामूखी भन्दा पनि ज्ञानमुखी बनाउँदै अघि बढीरहेको यस कलेजले विद्यार्थीहरुको आवतजावतका लागि यातायातको सुविधा प्रदान गर्नुको साथै सुविधा सम्पन्न कक्षाकोठा, अत्याधुनिक कम्प्युटर ल्याव, साइन्स ल्याव र अतिरिक्त क्रियाकलापलाई पनि जोड दिँदै आएको छ ।





























प्रतिक्रिया