काठमाडौं ।
नेपालको शैक्षिक जगतमा ख्यातिप्राप्त, अनुभवी तथा सफल व्यवस्थापकहरुद्वारा सञ्चालित युनिग्लोब एसएस कलेजले छोटो समयमै सफलताको शिखर चुम्न सफल भएको छ ।
५ बर्ष अघि विज्ञान विषयका लागि स्थापित यस कलेजमा हाल विज्ञान, व्यवस्थापन र कानुन संकायका विभिन्न महत्वपूर्ण विषयहरु अध्ययन अध्यापन हुँदै आएको छ । कलेजहरुको भीडमा पृथक परिचय बनाउन सफल यस कलेजमा यस वर्षदेखि कानुन विषय पनि थप गरिएको हो । अनुसन्धानमुलक शिक्षा प्रदान गर्दै आएको यस कलेजले आफ्ना विद्यार्थीहरुलाई हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका स्थापित गर्ने लक्ष्य लिएको छ ।
‘Esprit de corps’ भन्ने सिद्धान्तका साथ काठमाडौंको सेन्टर प्वाइन्ट कमलादीमा अवस्थित यस कलेजमा अध्याधुनिक मल्टिमिडियायुक्त कक्षा कोठाहरु रहेका छन् । पुस्तकालय, कम्प्युटर ल्याब, साइन्स ल्याव लगायत सबै किसिमको सुविधा यस कलेजमा उपलब्ध छ ।
विद्यार्थीको लागि दैनिक जीवनमा आवश्यक पर्ने सम्पूर्ण भौतिक पूर्वाधारले भरिपूर्ण यस कलेजले खेलमैदान लगायतका अतिरिक्त क्रियाकलापलाई आवश्यक पर्ने पूर्वाधार तयार गरेको छ । जसले विद्यार्थीको शारिरीक तथा व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने छ ।
कलेजको भौतिक पूर्वाधार मात्रै होइन शैक्षिक नतिजा समेत उत्कृष्ट छ । विज्ञान विषयतर्फ ९५ प्रतिशत र ब्यवस्थापन संकायमा ९० प्रतिशतभन्दा माथि नतिजा ल्याउन यो कलेज सफल भएको छ ।
कलेजले अन्तर्क्रियात्मक शैलीबाट आधुनिक उपकरण र विधीको सहयोगमा पठनपाठन गराउँदै आएको छ । विश्वस्तरका शैक्षिक स्रोतहरु जुटाएर विद्यार्थीको क्षमता विकासमा सघाउ पु¥याउने गरिएको छ । विश्व बजारमा जुन किसिमको दक्ष जनशक्तिको माग हुन्छ, त्यही अनुरुप यसको कोर्षको विकास र अपडेट गरिन्छ ।
शिक्षणप्रति समर्पित र सक्षम यहाँका शिक्षक टिम पनि युनिग्लोब एसएस कलेजको अर्को मुख्य विशेषता हो । विषयविज्ञ शिक्षकहरुकै कारण युनिग्लोबले चाँडै नै फड्को मार्न सफल भएको हो ।
लकडाउनमा पनि आफ्ना विद्यार्थीहरुलाई अनलाइनका माध्यमबाट नियमितरुपमा कक्षा संचालन गर्दै आएको यस कलेजले नयाँ भर्नाका लागि आफ्नो सोसल मिडिया र अनलाइनको भरपुर सदुपयोग गरिरहेको छ । विज्ञान, व्यवस्थापन र कानुन विषयलाई आधार बनाएर सुरक्षित भविष्यको रुपरेखा कोर्न चाहनेहरुका लागि सर्वोत्तम विकल्प हुनसक्छ, युनिग्लोब एसएस कलेज ।































प्रतिक्रिया