काठमाडौं ।
‘सहुलियत शुल्कमा गुणात्मक शिक्षा’ भन्ने मूलमर्मलाई आत्मसाथ गर्दै विगत ३८ वर्षदेखि ‘उत्कृष्ट शिक्षामा समर्पित’ छ, भीएस निकेतन ।
कोभिड १९ को संक्रमणलाई दरिलोरुपमा सामना गर्दै भिएस निकेतनले आफ्ना विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नमा कुनै कम्प्रोमाइज गरेको छैन । आफ्नै स्टुडियो निर्माण गरी यस कलेजले उच्चतम प्रविधिको प्रयोग गरी विद्यार्थीहरुलाई अनलाइनमार्फत अध्ययन अध्यापन गराउँदै आएको छ ।
कक्षा ११ मा भर्ना हुन चाहने विद्यार्थी र अभिभावकहरुको सहयोगका लागि यस कलेजले सोसल मिडिया र अनलाइनमार्फत इन्ट्रान्स एक्जाम, अनलाइन रिजल्ट, अनलाइन काउन्सेलिङ, अनलाइन पेमेन्ट, अनलाइन एडमिशन, अनलाइन वेलकम लगायतको व्यवस्था मिलाएको छ । भिएस निकेतनले कोभिड १९ नियन्त्रणका लागि डब्लुएचओ र नेपाल सरकारले लागू गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्दै आएको छ ।
&;
भिएस निकेतन एजुकेशन फाउन्डेशनद्वारा संचालित यो कलेज देशकै सर्वाधिक रुचाइएको शिक्षण संस्था हो । काठमाडौंको मीनभवनमा अवस्थित भिएस निकेतन ‘देशकै उत्कृष्ट विद्यालय’ का रुपमा दुई पटक पुरस्कृत भइसकेको छ । पूर्व प्राथमिक तहदेखि माध्यामिक हुँदै उच्च माध्यामिक तहसम्मको ३८ वर्षसम्मको निरन्तर सफलताले नै यस कलेजको महत्व र आवश्यकता पुष्टि हुन्छ ।
शिक्षामा समर्पित शिक्षक समूह, विद्यार्थीमैत्री वातावरण, सुविधायुक्त कक्षा कोठा, गुणस्तरीय शिक्षा, व्यवहारिक पठन विधीकै कारण भिएस निकेतनलाई शैक्षिक क्षेत्रमा यत्तिको लामो यात्रा तय गर्न सम्भव भएको हो ।
विज्ञान र व्यवस्थापन दुवै संकायमा अब्बल यस कलेजमा विज्ञान संकायमा बायोलोजी, क्यामेस्ट्री, फिजिक्स लगायतको अध्ययन अध्यापन हुँदै आएको छ भने व्यवस्थापन संकायमा होटल व्यवस्थापन, बिजिनेस स्टडी, कम्यूटर साइन्स जस्ता महत्वपूर्ण विषयहरुको अध्ययन अध्यापन हुँदै आएको छ ।
आफ्नै विशाल पुस्तकालय, कम्यूटर साइन्सका प्रयोगशाला, खेलकुदका लागि बास्केटबल, टेबल टेनिसको ग्राउन्ड मात्रै उपलब्ध छैन विद्यार्थीको व्यक्तित्व विकासका लागि शैक्षिक भ्रमण र विभिन्न प्रतियोगिताहरुमा समेत सहभागि गराउँदै आएको छ । भिएस निकेतन कलेजले गरिव तथा जेहेन्दार विद्यार्थीका लागि विभिन्न प्रकारका छात्रवृत्तिहरुको समेत उपलब्ध गराउँदै आएको छ ।





























प्रतिक्रिया