निरन्तर अब्बल शैक्षिक परिणाम हासिल गर्न सफल : जेभियर इन्टरनेसनल कलेज (भिडियो)

निरन्तर अब्बल शैक्षिक परिणाम हासिल गर्न सफल : जेभियर इन्टरनेसनल कलेज (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अध्ययन अध्यापन गराउँदै आएको जेभियर इन्टरनेशनल कलेजलाई नेपालको अग्रणी शैक्षिक संस्थाको रुपमा लिइन्छ ।

‘एक्सपेरियन्स द बेष्ट’ भन्ने मुल नाराका साथ संचालित यस कलेजले नेपालको शैक्षिक जगतमा विगत २० वर्षदेखि अनवरतरुपमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको कुरा सर्वविदितै छ । उत्कृष्टता, अनुशासित, जिम्मेवार र नेतृत्वदायी शिक्षाको पहिचान बनाउन सफल यो कलेज हरेक अभिभावक र विद्यार्थीहरुको पहिलो रोजाई बन्न सफल भएको छ ।

कन्फिडेन्ट, रेस्पोसिवल, रिफ्लेक्टिभ र इनोभेटिभ विद्यार्थी उत्पादन गर्ने उद्धेश्यसहित संचालित यस कलेजमा अध्ययनरत विद्यार्थीहरुले स्वदेशमा त उत्कृष्ट नतिजा हासिल गरेकै छन् साथसाथै विश्वका चर्चित विश्वविद्यालयहरुमा समेत शतप्रतिशत स्कलरशिप पाउन सफल भएको छ । मेडिकल इन्ट्रान्सको आइओएम परीक्षादेखि इञ्जिनियरिङ कलेजको आइओइ परीक्षामा समेत उत्कृष्ट नतिजा ल्याएर उदाहरणीय कलेज बन्न सफल जेभियर इन्टरनेशनल कलेजमा उत्कृष्ट शैक्षिक वातावरणमा अध्ययन अध्यापन गराईन्छ ।

&;

प्लस टु कलेजहरुको भिडमा आप्mनो छुट्टै ब्राण्ड बनाउन सफल यस कलेजले प्रयोगात्मक र समय सापेक्ष शिक्षामा जोड दिँदै आएको छ । कोरोना कहरसँगै पछिल्लो समय यस कलेजले अनलाइन अध्ययन अध्यापन पद्धतीलाई पहिलो प्राथमिकतामा राखेको छ ।

व्यवहारिक र जीवनउपयोगी ज्ञानलाई प्राथमिकतामा राखेको यस कलेजले विद्यार्थीको सोच, चाहना, क्षमता र लक्ष्य अनुसारको शिक्षा प्रदान गर्दै आइरहेको छ । नेपालको शैक्षिक जगतमा थुप्रै नविनतम प्रयोगहरु भित्र्याएको यस कलेजले उत्कृष्ट शिक्षा मात्रै प्रदान गरेको छैन विद्यार्थीको व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिएको छ ।

नेपालका स्टार क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड एम्बास्डर बनाएको यस कलेजले खेलकुद, मनोरोञ्जन, वक्तृत्वकला, विज्ञान, रोबटिक, फोटोग्राफी तथा आर्टलगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरुलाई पनि उत्तिकै प्राथमिकतामा राखेको छ ।

कलेजमा सुविधासम्पन्न कम्प्युटर ल्याव, साइन्स ल्याव, लाइब्रेरी, सिकरुम, एभी रुमको व्यवस्था हुनुका साथै विद्यार्थीहरुको सुरक्षित आवतजावतका लागि भरपर्दाे यातायातको समेत सुविधा छ । ‘उचित शैक्षिक वातावरण नै उत्कृष्ट शिक्षाको आधार हो’ भन्ने मान्यतालाई आत्मसात गर्दै यस कलेजले सुविधा सम्पन्न र शैक्षिक वातावरण अनुकुलका पूर्वाधारहरु निर्माण गरेका छन् । कलेजको क्यान्टिन, क्लासरुम, बाथरुमदेखि होस्टेलसम्मका पूर्वाधारहरु शिक्षामैत्री छन् ।

जेभियर इन्टरनेशनल कलेजमा ए लेभल, प्लस टु, बीसीए, बीएससी इन्भाइरोमेन्ट, बीएससी माइक्रोबायोलोजी, बीबीएम, बीबीएस, बीएसडब्यु, एमबीएस लगायतको अध्ययन अध्यापन गराईन्छ । यस कलेजमा प्लस टु अन्तर्गत विज्ञान, व्यवस्थापन र मानविकीका साथै कानून संकायको पनि पढाई हुन्छ । त्यस्तै क्याम्ब्रिज विश्वविद्यालयबाट मान्यताप्राप्त ए लेभलमा विज्ञान, व्यवस्थापन र मानविकी संकायको अध्ययापन गराईन्छ ।

Logo