काठमाडौं ।
विश्वभर महामारीकारुपमा फैलिएको कोभिड १९ ले सबै क्षेत्र अस्तव्यस्त भइरहँदा काठमाडौंको कमलपोखरी अवस्थित किष्ट कलेजले भने आफ्नो विद्यार्थीहरुलाई निरन्तररुपमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । डिजिटल र फिजिकलरूपमा अब्बल यस कलेजले नविनतम प्रविधिको उच्चतम प्रयोग गरी विद्यार्थीहरुलाई सैद्धान्तिक र प्रयोगात्मक शिक्षा प्रदान गर्दै आएको छ ।
२५ वर्षदेखि अनवरतरुपमा सर्वाेत्कृष्ट नतिजा प्रदान गर्दै आएको यस कलेजले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायको अध्ययन अध्ययापन गराउँदै आएको छ । यस्तै स्नातक तहमा बिबिए, बिआइएम, बिबिएस, बिएस्सी, विआईटीको पढाइ हुन्छ ।
यस कलेजको अध्ययन र अध्यापन विधी सृजनशील छ । सायद यही कारण किष्टका उत्पादनहरु अब्बल रहेका हुन् । अर्थात अतिरिक्त क्रियाकलापले विद्यार्थीको फल्ने र फुल्ने अवसर निर्माण गरिदिन्छ । विद्यार्थीको मनमा जागरुकता, करुणा र सहयोगी बनाउन कलेजका धेरै कार्यक्रमहरुले भूमीका खेलिरहेका हुन्छन् । जस्तो, रक्तदान, यातायात सुरक्षा र विभिन्न किसिमका विपत्तीहरुको सामना गर्ने बल प्रदान गर्न रचनात्मक र सृजनात्मक कार्यक्रमहरु गराईन्छ ।
खेलकुद तर्फ बास्केटबल, फुटबल, व्याटमिन्टन र टेबल टेनिसमा कलेजले आफूलाई खरोरुपमा उतार्दै आएको छ । हाजिरीजवाफ, वत्रृत्वकला तथा विभिन्न लेखन प्रतियोगिताले पनि विधार्थीलाई तिखार्ने गर्छ । यस कलेजले विभिन्न किसिमका सेमिनार र कार्यशालाहरु सञ्चालन गरी विद्यार्थीको व्यक्तित्व विकासमा टेवा पुरयाउदै आएको छ । किष्ट कलेजको रिजल्ट ९० प्रतिशतभन्दा बढी छ ।





























प्रतिक्रिया