नामी कलेजको दोस्रो दीक्षान्त समारोह, १५० बढी विद्यार्थी दीक्षित

नामी कलेजको दोस्रो दीक्षान्त समारोह, १५० बढी विद्यार्थी दीक्षित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं स्थित जोरपाटीमा रहेको नामी कलेजको दोस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ । उक्त समारोहमा १५० भन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । 

बुधवार सम्पन्न भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कलेजकी अध्यक्ष डा. आरजु राणा (देउवा)ले कलेजको दोस्रो  दीक्षान्त समारोहबाट दीक्षित विद्यार्थीलाई बधाई दिँदै हरेक वर्ष करिब ४० देखि ५० हजार विद्यार्थी उच्च शिक्षा हासिल गर्न विदेश जाने गरेकोमा यस कलेजले उच्च गुणस्तरको शिक्षा नेपालमा नै दिन सक्षम रहेको जिकिर गरेकी छिन् ।

कार्यक्रममा कलेजका प्रिन्सिपल सञ्जीव उदासले स्वागत मन्तव्य राखेका थिए भने ग्राजुएसन स्पिच दीक्षित हुने विद्यार्थी प्रतिनिधिहरूले दिएका थिए । 

कार्यक्रममा बोल्दै विशेष अतिथि बेलायती कार्यवाहक राजदूत इडवार्ड रोर्वटले शिक्षाको क्षेत्रमा अग्रणी रहेको नामी कलेजले बेलायतको शिक्षा नेपालमा नै दिन सक्षम रहेकोमा खुसी व्यक्त गरेका थिए । 

बेलायतको नर्थह्याम्पटन विश्वविद्यालयबाट सम्बन्धन  प्राप्त यस नामी कलेज सन् २०१२मा स्थापना भएको थियो । कलेजले एमबिए, बिबिए, बिएससी इन कम्प्युटरिङ, बिएससी इन सफ्टवेयर इन्जिनियरिङ, बिएससी इन कम्प्युटर नेटवर्क इन्जिनियरिङ, र बिएससी इन इच्भारामेन्टल साइन्स लगायतको विषयहरूमा  पढाई सञ्चालन गरिरहेको छ । 

कलेजमा निर्माण गरिएका पूर्वाधार समेत बेलायती विश्वविद्यालयका मापदण्ड अनुसार नै निर्माण गरिएका छन् । यस कलेजमा हाल ६ सयभन्दा बढी विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

Skip This
Skip This
Logo