स्वदेशमै शिक्षा, सबैको इच्छा भन्ने नारासहित शैक्षिक मेला सम्पन्न

स्वदेशमै शिक्षा, सबैको इच्छा भन्ने नारासहित शैक्षिक मेला सम्पन्न

केन्द्रबिन्दु
0
Shares

स्वदेशमै शिक्षा, सबैको इच्क्षा भन्ने मूल नाराका साथ नयाँ बानेश्वर स्थित एभरेस्ट होटलमा सञ्चालित नेपाल उच्च शैक्षिक मेला सम्पन्न भएको छ । 

शैक्षिक मेलाको मुख्य उद्देश्य नेपालमै अन्ताराष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा छ भनेर विद्यार्थी तथा अभिभावकलाई जानकारी गराउनु रहेको थियो ।      

मेलामा ४३ कलेजको सहभागिता रहेको थियो भने ५६ वटा स्टल रहेका थिए । नेपाली बजारलाई सुहाउँदो आइटी र म्यानेजमेन्टमा बीबीए, बीआइएम, बीटीटीएम, बीबीए लगायतका कोर्सहरू पढाई हुने कलेजहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्लस टु सेकपछिको उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीले कुन विषय पढ्ने भन्ने अन्यौलता हटाउनका लागि शैक्षिक मेलाले महत्त्वपूर्ण भूमिका खेलेको आयोजक समितिका संयोजक तारामान रावलले बताए । 

मेलामा आएकी एक जना छात्राले भनिन्,  ‘म भर्खरै प्लस टु सकेर के पढ्ने भन्ने अन्योलमा थिए ।  बानेश्वरमा शैक्षिक मेला चलिरहेको छ भन्ने थाहा पाएपछि म यहाँ आए र सबै कुरा क्लियर भएँ । कुन विषय पढ्ने भन्ने अन्यौलता अब हट्यो । म अब बीबीएम पढ्न चाहन्छु । उनले भनिन् म जस्तै कुन विषय पढ्ने भनेर दोधार रहेका साथीहरूले यहाँ आएर क्लियर भएका पाएँ ।’ 

कोभिड –१९ ले गर्दा धेरै भन्दा धेरै कलेजहरू सहभागी हुन सकेका थिएनन् । एभरेस्ट होटलमा ठाउँको अभावले पनि धेरै कलेजलाई सहभागी गराउन नसकिएको संयोजक रावलले बताए ।आगामी दिनमा उपत्यका बाहिर पनि यो मेला गर्ने उनको भनाइ थियो ।

त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालयलगायत आंगिक विद्यालयहरू मेलामा सहभागी रहेका थिए ।

Skip This
Skip This
Logo