शिक्षामन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण पुष्टि

शिक्षामन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण भएको छ। सोमबार बिहान गरिएको पीसीआर परीक्षणका क्रममा मन्त्री पौडेललाई कोरोना पुष्टि भएको उनको सचिवालयले जनाएको छ।   

रुघा र सामान्य खोकी लागेपछि पौडेलले पीसीआर परीक्षण गरेका थिए। पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ। मन्त्री पौडेलले सोमबार बिहान पीसीआर परीक्षण गरेका थिए । 

पौडेलका प्रेस संयोजक विमल खड्काका अनुसार मन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य छ। 

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेताहरू नारायणकाजी श्रेष्ठ, मात्रिका यादव, शक्ति बस्नेत लगायतलाई कोरोना संक्रमण भएको थियो। प्रधानमन्त्री देउवाको पीसीआर भने नेगेटिभ आएको बताइएको छ । 

Skip This
Skip This
Logo