आन्दोलनरत नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच सहमति

आन्दोलनरत नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच सहमति

केन्द्रबिन्दु
0
Shares

आन्दोलनरत नेपाल शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच ५१ बुँदे प्रतिवेदन कार्यान्वयन गर्ने सहमति भएको छ। 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलको संयोजकत्वमा महासंघका सहअध्यक्ष पूर्णप्रसाद दवाडीसहित गठन भएको कार्यदलले बुझाएको ५१ बुँदे प्रतिवेदन कार्यान्वयनमा गर्ने विषयमा मन्त्रालय र महासंघ सहमत भएका छन्।

शिक्षामन्त्री देवेन्द्र पौडेल र महासंघकी अध्यक्ष कमलादेवी तुलाधरसहितको टोलीबीच साेमबार प्रतिवेदनलाई कानुनसम्मत ढंगले लागू गर्ने विषयमा छलफल भएको थियो। जसमा शिक्षामन्त्री पौडेलले प्रतिवेदनलाई कार्यान्वयनमा लैजान सहमति जनाएका छन्।

कार्यदलले ९ फागुन २०७५ मा मन्त्रालय र महासंघबीच भएको सहमति अध्ययन गरि १ फागुनमा ५१ बुँदे प्रतिवेदन मन्त्रालयमा पेस गरेको थियो।

Logo