काभ्रेको भुम्लु गाउँपालिकामा रहेका विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। हजुरलाई नमस्ते परोपकारी संस्थामार्फत भुम्लुका १७ वटा विद्यालयका एक हजार ७ जना विद्यार्थीलाई निःशुल्क कपडा वितरण गरिएको हो।
जनता मावि कोलाँती भुम्लु, अरुणोदय मावि सिम्थली र सेतीदेवी आधारभूत विद्यालय कामिडाँडालगायतका विद्यार्थीहरूलाई सामाग्री हस्तान्तरण गरिएको हो। यसअघि पनि पहिलो चरणमा सोही गाउँका १४ विद्यालयका विद्यार्थीहरूलाई यस्तै सामग्री वितरण गरिएको थियो।
हजुरलाई नमस्ते परोपकारी संस्थाले परोपकारीहरुबाट संकलन गरेको कपडा वितरण गरिएको हो। रोटरी क्लबका कञ्चन शर्मा र निर्मला शर्मा कोइराला, अभियानका सदस्य शेरबहादुर कुँवर, फाल्गुण कुँवर, वडा नम्बर ६ का अध्यक्ष भरतबहादुर शिवभक्ती, वडाध्यक्ष कृष्णकुमार कार्कीलगायतकाे उपस्थितीमा कपडा वितरण गरिएको हजुरलाई नमस्ते परोपकारी संस्थाका संयोजक ताराबहादुर कुँवरले बताए।































प्रतिक्रिया