विगत १० वर्षदेखि बेलायतका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको आईएसएमटी कलेजले बेलायतको युनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रमहरू आईएसएमटी कलेज पाेखरामा पनि सञ्चालन गरेको छ।
उक्त विश्वविद्यालयको शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक सबै औपचारिकता पूरा भइसकेका छन्।
बेलायतका प्रमुख शहरहरू लगायत हङकङमा समेत सन्डरल्यान्ड युनिभर्सिटीको आफ्नै कलेज रहेका छन्। यो विश्वविद्यालयको सम्बन्धनमा विश्वका धेरै देशहरूमा शैक्षिक कार्यक्रम सञ्चालन हुँदै आएको छ।
आईएसएमटी ग्रुप अफ कलेज युनिभर्सिटी अफ सन्डरल्यान्डबाट सम्बन्धन पाउने पहिलो नेपाली शैक्षिक संस्थासमेत हो।
सन् २००१ मा बेलायतको पत्रिका ‘द गार्डियन’ले जनाए अनुसार सन्डरल्यान्ड युनिभर्सिटी बेलायतको नयाँ युनिभर्सिटी मध्ये पहिलो नम्बरमा पर्न सफल भएको थियो ।
सन् २००५ मा ‘टाइम्स हाइअर एजुकेसन’को ‘बेस्ट स्टुडेन्टस एक्सपेरियन्स’मा शीर्ष स्थान हासिल गर्न सफल भएको थियो । यस्तै सन् २०१९ मा टाइम्स हाइअर एजुकेसनकै यूरोपियन टिचिङ र्याङकिङमा २०१औं स्थानमा पर्न सफल भएको थियो।
सोही विश्वविद्यालयकाे शैक्षिक कार्यक्रमबाट नेपालका विद्यार्थीले स्वदेशमै बेलायतको डिग्री प्राप्त गरि शैक्षिक लाभ लिन सक्ने आईएसएमटी कलेज पाेखराले जनाएको छ।





























प्रतिक्रिया