विद्यालय शान्ति क्षेत्रबारे शिक्षामन्त्रीलाई ध्यानाकर्षण

विद्यालय शान्ति क्षेत्रबारे शिक्षामन्त्रीलाई ध्यानाकर्षण

केन्द्रबिन्दु
0
Shares

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसमक्ष बालबालिका र शिक्षा क्षेत्रमा कार्यरत संस्थाहरूको सञ्जालले विद्यालय शान्ति क्षेत्र ढाँचा तथा कार्यान्वयन निर्देशिका, २०६८ लाई निर्वाचन आचारसंहिता अनुकूल हुने गरी संशोधन गर्न माग गरेको छ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप), शिक्षा पत्रकार समाजलगायत संस्थाका प्रतिनिधिले बिहीबार सिंहदरबारस्थित मन्त्रीको कार्यकक्षमा ज्ञापनपत्र बुझाउँदै विद्यालयहरूमा दलीय राजनीति अन्त्य गरी हिंसा, भेदभाव र भयरहित वातावरणमा गुणस्तरीय शिक्षा पाउने बालबालिकाको हक स्थापित गर्न आग्रह गरेका हुन् । सोका लागि निर्देशिकालाई सामयिक संशोधन गरी कार्यान्वयन गरिनुपर्ने सिजपका अध्यक्ष राजेश शर्माले आग्रह गरे।

जवाफमा मन्त्री पौडेलले सो विषयमा सम्बन्धित निकायसँग बुझेर आवश्यक पहल लिने विश्वास दिलाए। सो सञ्जालले आशन्न स्थानीय तहको निर्वाचनका लागि चुनावी घोषणपत्रमा समावेश हुनुपर्ने बालअधिकार र शिक्षाका सवालबारे नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई भेटेर सुझाव दिएको थियो ।

Skip This
Skip This
Logo