‘आईबी कन्टिन्युम स्कुल अफ इन्टरनेशनल एजुकेशन’ बन्न सफल प्रिमियर इन्टरनेशनल स्कुल

‘आईबी कन्टिन्युम स्कुल अफ इन्टरनेशनल एजुकेशन’ बन्न सफल प्रिमियर इन्टरनेशनल स्कुल

केन्द्रबिन्दु
0
Shares

ललितपुरको खुमलटारमा रहेको प्रिमियर इन्टरनेशनल स्कुल नेपालको पहिलो र एकमात्र पूर्ण अन्तर्राष्ट्रिय शिक्षाको आईबी कन्टिन्युम स्कुल बन्न सफल भएको छ ।

आईबीडीपी कार्यक्रमको लागि इन्टरनेशनल बाक्कालोरिएट (आईबी) बाट मान्यता प्राप्त गरेको प्रिमियर इन्टरनेशनल स्कुल अब आईबी कन्टिन्युम स्कुलका रुपमा स्थापित भएको हो । 

आईबीले विश्वभरका १५९ भन्दा बढी देशहरूमा किन्डरगार्टनदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूका लागि प्राथमिक वर्ष कार्यक्रम (पीवाईपी), मध्य वर्ष कार्यक्रम ( एमवाईपी), डिप्लोमा कार्यक्रम (डीपी) र करियर सम्बन्धित कार्यक्रम (सीपी) गरी अन्तर्राष्ट्रिय शिक्षाका चार कार्यक्रमहरूको कन्टिन्युम प्रदान गर्दै आएको छ । वर्षभर उच्चस्तरीय अन्तर्राष्ट्रिय शिक्षा प्रदान गरी चार मुख्य कार्यक्रममध्ये न्यूनतम तीन कार्यक्रम कार्यान्वयन गर्ने विद्यालयहरूलाई कन्टिन्युम विद्यालयका रुपमा चिनिन्छ । केजी देखि कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि आईबी कार्यक्रम प्रदान गर्ने प्रिमियर इन्टरनेशनल स्कुल नेपालको पहिलो आईबी  वल्र्ड स्कुल हो ।

त्यसैगरी सन् २०१४ र २०१७ मा स्विटजरल्यान्डमा अवस्थित इन्टरनेशनल बाक्कालोरिएट (आईबी)बाट मान्यता प्राप्त यो स्कुलमा कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरूका लागि आईबी एमवाईपी कार्यक्रमहरु प्रदान हुँदै आएको छ । जुन प्रदान गर्ने प्रिमियर नेपालको पहिलो र एक मात्र स्कुल हो ।  यो स्कुलले आईबीका प्राथमिक वर्ष कार्यक्रम (पीवाईपी), मध्य वर्ष कार्यक्रम (एमवाईपी) र डिप्लोमा कार्यक्रम (डीपी) गरी तीन मुख्य कार्यक्रमहरू प्रदान गर्दै आईबी कन्टिन्युम स्कुलको रुपमा स्थापित भएको छ । 

१५० भन्दा बढी देशहरूमा मान्यता प्राप्त ११ र १२ कक्षाका विद्यार्थीहरूका लागि सबैभन्दा कठिन प्रि–यूनिभर्सिटी कार्यक्रममध्ये एक मानिने नयाँ आईबीडीपी कार्यक्रम पनि हाल प्रिमियर स्कुलले संचालनमा ल्याएको छ । यी तीन आईबी कार्यक्रमहरूले विद्यार्थीहरुको सीपलाई अझ विकास गरी भविष्यका लागि तयार बनाउने दाबी स्कुलको छ । जसकारण विद्यार्थीहरु लिडरका रूपमा अघि बढी विश्वभर जिम्मेवार नागरिकको पहिचान बोकी यस संसारलाई योगदान पु¥याउन सक्षम हुने विश्वास प्रिमियर स्कुलले लिएको छ । 

प्रिमियरले आईबी कन्टिन्युम स्कुलको दर्जा पाएसँगै नेपालमा अन्तर्राष्ट्रिय शिक्षा चाहने अभिभावक तथा विद्यार्थीहरूका लागि पूर्ण रूपमा नयाँ ढोका खुलेको छ । विद्यालय र नेपालको समग्र शिक्षा प्रणालीका लागि यो ठूलो उपलब्धि भएको दाबी गर्दै प्रिमियर इन्टरनेशनल स्कुलका संस्थापक पवित्रा लिम्बु भन्नुहुन्छ, “नेपालमा आईबी कार्यक्रम भित्राएर शैक्षिक क्षेत्रमा अग्रगामी सावित भएको प्रिमियर स्कुलमा आईबी कन्टिन्युम स्कुलको आगमनले यसको उपलब्धिहरूको सूचीमा एक नयाँ आयाम थपेको छ ।”
 

Logo