विद्यार्थीले गरे सार्वजनिक ढुंगेधाराको सरसफाई

विद्यार्थीले गरे सार्वजनिक ढुंगेधाराको सरसफाई

केन्द्रबिन्दु
0
Shares

एक सम्पदा एक स्कुल सरसफाईु कार्यक्रमअन्तर्गत भक्तपुरको एभरेष्ट इङ्गलिस स्कुल मिवाछे व्यासीका विद्यार्थीले  स्कुल नजिकै रहेको सुकपाली हिटी सार्वजनिक ढुंगेधाराको सरसफाई गरेका छन् । 

स्कुलका कक्षा ९ मा अध्ययनरत २७ जना छात्रछात्राहरूले सामुहिक रुपमा धारो  र आसपासको क्षोत्र सरसफाई गरेका हुन्  । उनीहरूलाई चार जना शिक्षकशिक्षिकाले सहयोग गरेका थिए ।

उनीहरूले त्यहाँं रहेका झारपात उखेल्ने, बन्द भएको पानीको निकास खोल्ने, जाम भइ बसेको पानी निकाली फाल्ने लगायतका काम गरेका थिए ।

आ(आफ्नो घर अगाडिको पुरानो ऐतिहासिक ढुंगेधारा सफा गर्न विद्यार्थी आएको देखेपछि स्थानीय खुशी भएका थिए । त्यसपछि उनीहरू पनि छात्रछात्राहरुसँंगै सरसफाईमा जुटेका थिए । यो ढुंगेधारा भक्तपुर नगरपालिका(२ इटापाकेमा रहेको छ । भक्तपुर नगरपालिकाले नगरभरिका ९२ वटा स्कुललाई नजिकैको एउटा एउटा सम्पदा सफा राख्न पत्राचार गरेको थियो । 

Skip This
Skip This
Logo