कान्तिपुर हिसानको सातौँ शैक्षिक मेला सम्पन्न, लक्ष्य पूरा भएको आयोजकको दाबी

कान्तिपुर हिसानको सातौँ शैक्षिक मेला सम्पन्न, लक्ष्य पूरा भएको आयोजकको दाबी


कान्तिपुर हिसानको सातौँ शैक्षिक मेला सोमबार सकिएको छ ।

असार १० गतेदेखि भृकुटीमण्डपमा सुरु भएको मेलामा २ लाख बढी अभिभावक तथा विद्यार्थी सहभागी भएको आयोजकले जनाएको छ ।
एसईई दिएर बसेका तथा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई केन्द्रित गरी सञ्चालन भएको मेलाले विद्यार्थीहरुमा शैक्षिक विषय र गन्तव्यको दुविधा अन्त्य गर्न सफल भएको आयोजकको विश्वास छ ।

मेलामा उच्च शिक्षाका लागि उपयुक्त कलेजबारे जानकारी, उपयुक्त विषयको छनोट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शिक्षा लगायतबारे जानकारी दिइएको आयोजकले जनाएको छ । मेलामा ७५ भन्दा बढी स्टल राखिएका थिए ।

 

Logo