व्यवस्थापनमा उत्कृष्ट कलेज: ग्लोबल कलेज अफ म्यानेजमेन्ट

व्यवस्थापनमा उत्कृष्ट कलेज: ग्लोबल कलेज अफ म्यानेजमेन्ट

केन्द्रबिन्दु
0
Shares

ग्लोबल कलेज अफ म्यानेजमेन्ट सन् २००१ मा काठमाडौंको मध्यबानेश्वरमा खुलेको हो । व्यवस्थापनको अध्यापनमा सफल बनेपछि ग्लोबल कलेजले सन् २०१९ पछि ग्लोबल स्कुल अफ साइन्स पनि सञ्चालनमा ल्याएको छ। 

प्रयोगात्मक विषयलाई धेरैजसो शैक्षिक संस्थाले साधारणतय कक्षामा नै सीमित गरिदिन्छन् । व्यवस्थापन आफैंमा एक प्रयोगात्मक विषय भएकाले ग्लोबल कलेजले यसलाई आफ्नो ताकत बनाएको छ । 

विषयगत प्रोजेक्ट कार्य, शैक्षिक भ्रमण, व्यापारिक सर्भे, सामाजिक सेवाका कार्यक्रम र खेलकुद गतिविधि ग्लोबल कलेजमा पढाइसँगसँगै सञ्चालन हुने गर्छन्।

ग्लोबल कलेजमा विज्ञान र ए लेभलको पनि पढाइ हुन्छ । अत्याधुनिक ल्याबसहित विज्ञान विषयमा दक्ष जनशक्तिबाट अध्यापन हुँदै आएको छ । ए लेभलको अध्ययनले अन्तर्राष्ट्रिय शिक्षाका लागि एउटा आधार तयार गर्न मद्दत गर्छ । 

उच्चस्तरीय अध्ययनको चुरो कुरो बुझेको ग्लोबल कलेजले उच्चस्तरीय भौतिक पूर्वाधार, आधुनिक शिक्षण प्रणाली, आधुनिक ल्याब र लाइब्रेरीमा विशेष ध्यान दिएको छ। 

बिहान र दिउँसो गरी दुई सत्रमा पढाइ हुने ग्लोबल कलेजले विद्यार्थीलाई स्वस्फूर्त सिकाइमा हरतरहले प्रेरित गरिरहेको हुन्छ। विषयगत प्रोजेक्ट कार्य, शैक्षिक भ्रमण, व्यापारिक सर्भे, सामाजिक सेवाका कार्यक्रम र खेलकुद गतिविधि ग्लोबल कलेजमा पढाइसँगसँगै सञ्चालन हुने गर्छन्।

कलेजले श्रम बजार अनुकूल शैक्षिक कार्यक्रममार्फत् दक्ष व्यवस्थापक, उद्यमी एवं व्यवसायी उत्पादन गर्ने लक्ष्य लिएको छ।

प्रयोगात्मक व्यवस्थापन शिक्षामा प्रस्तुतिले महत्व राख्छ। हरेक विद्यार्थीलाई पढाइसँगै प्रस्तुति अब्बल बनाउनेमा कलेज केन्द्रित देखिन्छ । 

Logo