‘को–करिकुलर’ उच्च प्राथमिकतामाः एनसीसीएस

‘को–करिकुलर’ उच्च प्राथमिकतामाः एनसीसीएस

केन्द्रबिन्दु
0
Shares

‘साक्षर, प्रगतिशील र चेतन समाजको विकास’ लाई प्राथमिकतामा राखेको नेशनल कलेज अफ कम्प्युटर स्टडिज (एनसिसिएस) पकनाजोलमा २३ वर्षअघि खुलेको हो ।

एनसीसीएस स्नातक मात्रै नभई कक्षा ११ र १२ मा पनि अब्बल शैक्षिक संस्था हो । सूचना प्रविधि अध्यापनमा प्रख्यात एनसीसीएसले एनसीसीएस हायर सेकेन्डरी स्कुल र नेसनल क्रियटिभ एजुकेशनल स्कुलमार्फत् कक्षा १२ सम्मको अध्यापन गराउँदै आएको छ ।  

सीमित विषयमा मात्र अध्यापन गराउने भएकाले एनसीसीएसको नतिजा उत्कृष्ट पाइन्छ । एनसीसीएसले ९९ प्रतिशतसम्मको नतिजा निकालेको रेकर्ड छ । उच्च माध्यमिक तहमा व्यवस्थापन मात्रै अध्यापन गराउने एनसीसीएसमा भर्ना हुन एसइइ परीक्षामा कम्तीमा ‘बी’ ग्रेड ल्याउनुपर्छ । 

एनसीसीएसमा होटल म्यानेजमेन्ट पनि आकर्षणको विषय हो। त्यसका लागि किचेन, बार, रेष्टुरेन्टलगायत पूर्वाधार तयार गरी एनसीसीएसले शिक्षणपद्धतिलाई समयानुकूल परिवर्तन गर्दै लगेको छ ।  

एनसीसीएसले ९९ प्रतिशतसम्मको नतिजा निकालेको रेकर्ड छ । एनसीसीएसमा भर्ना हुन एसइइ परीक्षामा कम्तीमा ‘बी’ ग्रेड ल्याउनुपर्छ । 

दुई हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने एनसिसिएसमा खेलकुद, प्रोजेक्ट वर्क, सांस्कृतिक कार्यक्रम र शैक्षिक भ्रमण नियमित पढाइबाहेकका मुख्य गतिविधि हुन् ।

‘एक्स्ट्रा करिकुलर’मा पनि उत्तिकै जोड दिने यो कलेजले ‘को–करिकुलर’ गतिविधिलाई उच्च प्राथमिकतामा राखेको छ । यस्ता गतिविधिले पाठ्यक्रमसँगै विद्यार्थीलाई जोड्न महत्वपूर्ण भूमिका खेल्ने गर्छ । 

Logo