विद्यार्थीको राेजाइको शिक्षण संस्था: सेन्ट जेभियर्स

विद्यार्थीको राेजाइको शिक्षण संस्था: सेन्ट जेभियर्स

केन्द्रबिन्दु
3
Shares

‘उत्कृष्टता, नेतृत्व र सेवामा समर्पित’ हुने उद्देश्य लिएको सेन्ट जेभियर्सले ५ सय ४ भन्दा बढी विद्यार्थी भर्ना लिँदैन। कक्षा ११ मा विज्ञान संकाय मात्र अध्यापन गराउने यो संस्थाले ‘मेरिट’को आधारमा हजारौं विद्यार्थीबाट छनोट गरेर सीमित कोटामा भर्ना लिन्छ।

विज्ञान, अनिवार्य गणित, ऐच्छिक गणित, र अंग्रेजीमा कम्तिमा ‘ए’ र अन्य विषयमा कम्तिमा ‘बी प्लस’ ल्याएका विद्यार्थीलाई मात्र भर्ना लिने संस्था हो सेन्ट जेभियर्स।

विद्यार्थीले विज्ञान, गणित, अंग्रेजी र तर्कसम्बन्धी १०० प्रश्नको लिखित परीक्षा पास भएपछि अन्तर्वार्ताबाट भर्नाको अन्तिम सूची छनोट गरिन्छ।  

कक्षा ११ मा विज्ञान संकाय मात्र अध्यापन गराउने यो संस्थाले ‘मेरिट’को आधारमा हजारौं विद्यार्थीबाट छनोट गरेर सीमित कोटामा भर्ना लिन्छ।

गुणस्तरीय फ्याकल्टी, आधुनिक प्रयोगशाला, आन्तरिक परीक्षाजस्ता कुरामा सेन्ट जेभियर्सले विशेष ध्यान दिने गरेको छ। अतिरिक्त क्रियाकलाप र काउन्सिलिङमा समेत उत्तिकै ध्यान दिँदै आएको यस संस्थाले नियमित आन्तरिक परीक्षा लिने गरेको छ। 

त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तथा स्नातकोत्तर तहको अध्यापन गराउने भए पनि सेन्ट जेभियर्सको चिनारी भने ‘प्लस टु’मा यसले स्थापित गरेको ‘लेगेसी’ नै रहेको छ। 

Logo