‘ख्याल राख्ने शैक्षिक संस्था’: जेभियर एकेडेमी

‘ख्याल राख्ने शैक्षिक संस्था’: जेभियर एकेडेमी

केन्द्रबिन्दु
3
Shares

धेरै विद्यार्थी भर्ना गरेर बढी नाफा कमाउने भन्दा थोरै विद्यार्थी पढाएर उनीहरुलाई अब्बल बनाउने उद्धेश्य जेभियर एकेडेमीको छ । त्यसैले जेभियरले ‘ख्याल राख्ने शैक्षिक संस्था’ का रूपमा आफूलाई परिभाषित गर्ने गरेको छ ।

जेभियर एकेडेमीले प्रतिस्पर्धात्मक माध्यमबाट सीमित सिटका लागि मात्रै विद्यार्थी भर्ना लिने गर्छ। 

आफ्नो स्थापनाको २५औं वर्ष मनाएको यो एकेडेमीले घरपरिवार, साथीहरुसँग विद्यार्थीको सम्बन्धबारे पनि विशेष ध्यान दिँदै आएको छ । 

योग्यताको कदर गर्न जेभियर एकेडेमीले छात्रवृत्तिको पनि व्यवस्था गरेको छ । एसइइमा जिल्ला टप गर्नेदेखि लिएर आन्तरिक परीक्षा टप गर्नेसम्मका विद्यार्थीलाई जेभियरले छात्रवृत्तिको व्यवस्था गरेको छ। 

‘प्यारेन्ट्स टिचर्स एशोसिएसन’ मार्फत हरपल अभिभावकसँग सम्पर्कमा रहने जेभियर एकेडेमीले विशेषगरी हरेक परीक्षापछि विद्यार्थीको नतिजा समीक्षाका लागि अभिभावकलाई कलेजमा उपस्थित हुन अनिवार्य गरेको छ । 

काठमाडौँको लाजिम्पाटमा सन् १९९७ मा खुलेको जेभियर एकेडेमीमा विज्ञान संकायमा भर्नाका लागि आवेदन दिन कम्तिमा ३.२ जिपिए र व्यवस्थापन संकायमा भर्नाका लागि कम्तिमा २.८ जिपिए प्राप्त गरेको हुनुपर्छ।

व्यवस्थापन संकायका कक्षा बिहानी सत्रमा सञ्चालन हुन्छ भने विज्ञान संकायका कक्षा दिवा सत्रमा सञ्चालन गरिन्छ। योग्यताको कदर गर्न जेभियर एकेडेमीले छात्रवृत्तिको पनि व्यवस्था गरेको छ ।

एसइइमा जिल्ला टप गर्नेदेखि लिएर आन्तरिक परीक्षा टप गर्नेसम्मका विद्यार्थीलाई जेभियरले छात्रवृत्तिको व्यवस्था गरेको छ। 

Skip This
Skip This
Logo