आईइसी इन्स्टिच्युटमा इन्टेरियर डिजाइनिङ प्रदर्शन

आईइसी इन्स्टिच्युटमा इन्टेरियर डिजाइनिङ प्रदर्शन


काठमाडौंको मन्डिकाटार स्थित आईइसी इन्स्टिच्युटमा आर्ट प्रदर्शन गरिएको छ । शनिबार पहिलो सेमेस्टका विद्यार्थीहरुले इन्टेरियर डिजाइनिङ आर्ट टेकचरको विषयबाट विभिन्न इन्टेरियर डिजाइनिङ गरेर प्रदर्शन गरेका हुन् ।

उनीहरुले विभिन्न मोडेलका घरहरु पनि बनाएका थिए । त्यस्तै क्याफे शप, गार्डेन , होटल, रूम, र फर्निचरको पनि डिजाइनिङ गरेका थिए ।

आर्ट प्रदर्शन कार्यक्रममा  शिक्षक शिक्षिकासहित अन्य विद्यार्थीहरुको पनि उपस्थिति थियो  ।  इन्टेरियर डिजाइनिङ पढ्न भर्खरै यस स्कुलमा भर्ना भएका विद्यार्थीहरुका लागि भने यो कार्यक्रम निकै फलदायी थियो । आईइसी इन्स्टिच्युट नेपाल कै पहिलो आर्ट एण्ड फेसनको अध्ययन हुने स्कुल हो ।

 

 

Logo