काठमाडौंको खुमलटारमा रहेको प्रिमियर इन्टरनेशनल स्कुलले शिक्षक र विद्यार्थीबीच सामूहिक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
प्रिमियरले कक्षा ११ र १२ पढ्ने विद्यार्थी र शिक्षकहरूबीच सुमधुर सम्बन्ध स्थापनाका लागि अन्तक्रिया कार्यक्रमको आयोजना गरेको हो । स्कुलले यसरी सामूहिक रूपमा भेटघाट कार्यक्रम गर्दा स्कुलमा पारिवारिक वातावरण बन्न मद्दत पुग्ने आशा लिएको छ । कक्षा ११ मा नयाँ शैक्षिक सत्रमा धमाधम भर्ना भइरहेका बेला देशका विभिन्न जिल्लाबाट उच्च शिक्षाका लागि प्रिमियरमा भर्ना भएका विद्यार्थी र अध्यापन पेसामा लामो समय बिताएका शिक्षकबीच भेटघाट कार्यक्रम गरिएको हो ।

विद्यालय प्रमुख पवित्रा लिम्बूले प्रिमियर स्कुलमा कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीका लागि आइबीडीपी र डीपी गरी दुईवटा प्रोग्राम सञ्चालनमा रहेको जानकारी दिँदै विद्यार्थी र शिक्षकबीचको सम्बन्ध सुमधुर बनाउन यसप्रकारका कार्यक्रम फलदायी हुने धारणा राखिन् । उनले भनिन्, "अध्यापनको समय भन्दा अरू समयमा एकअर्कालाई भेट्न समय नहुने भएकाले शिक्षक र विद्यार्थीहरूले एकअर्कालाई भेट्न, चिन्न र जान्नका लागि यसप्रकारका कार्यक्रम उपयुक्त मानिन्छन् ।"

सन् २००८ मा स्थापना भएको यो स्कूलले गत वर्षदेखि कक्षा ११ र १२ मा पनि अध्यापन सुरु गरेको हो । स्वच्छ, सुन्दर, शान्त वातावरणमा सुविधासम्पन्न भौतिक संरचना सहितको यो स्कूल ९आईबी कन्टिन्युम स्कुल अफ इन्टरनेशनल एजुकेशन० बन्न सफल स्कुल हो ।

प्रिमियरले आईबी कन्टिन्युम स्कुलको दर्जा पाएसँगै नेपालमा अन्तर्राष्ट्रिय शिक्षा चाहने अभिभावक तथा विद्यार्थीहरूका लागि पूर्ण रूपमा नयाँ ढोका खुलेको छ । कक्षा १० सम्म अन्तर्राष्ट्रिय स्तरको अध्ययन गराउने यो स्कुलले आईबी डिप्लोमा प्रोग्राम पनि सञ्चालन गरेको छ ।




































प्रतिक्रिया