किरण बन्लान् त जनताका आशाका किरण ?

किरण बन्लान् त जनताका आशाका किरण ?

केन्द्रबिन्दु
0
Shares

किरण पौडेल विद्यार्थी राजनीतिबाट स्थापित नेता हुन । छरिएर रहेका युवाहरुलाई संगठित गर्न सफल नेताका रुपमा उनको परिचय बनिसकेको छ । 

युवा विद्यार्थी राजनीतिको नेतृत्व गर्दै राष्ट्रिय राजनीतिमा उदाएका किरण एमालेको भावी नेतृत्वमा पुग्न सक्ने व्यक्तिको रुपमा उदाएका छन् । सामाजिक विकृति विसंगति विरुद्ध आवाज उठाउन सक्ने साहसी नेताका रुपमा उदाएका छन किरण । नेपाली युवाहरु सबै काम गर्न सक्षम छन् – भन्ने मान्यता सहित राजनीतिमा समर्पित नेता हुन् किरण । 

नेकपा एमालेको युवा संगठनको प्रमुख रहेका किरणले यसअघि विद्यार्थी तथा युवाहरुको संगठन निर्माणको अनुभव हासिल गरिसकेका छन् । जनताको सेवामा सँधै क्रियाशील रहने उद्धेश्य लिएका किरणले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौ क्षेत्र नं.१ बाट उम्मेदवारी दिएका छन् । नेता किरण चुनावी प्रचारका क्रममा घरदैलो अभियानमा छन् । 

सबै मतदाता सामू पुगी उनीहरुका समस्या बुझेर समाधान गर्ने उनले प्रतिवद्ध उनले जनताका पिरमर्का राम्ररी बुझ्ने मौका पाएका छन । पूराना प्रतिनिधिहरुले गर्न नसकेको काम आफूले गर्नसक्ने उनको दावी छ । केन्द्रीय राजधानीको पनि केन्द्रभागमा रहेको काठमाडौ–१ को वैज्ञानिक विकासको लागि अब युवाकै नेतृत्व हुनुपर्ने कुरा उनले मतदातालाई बुझाउँदै गएका छन् । 

काठमाडौ १ मा किरण पौडेलको उम्मेदवारीले खासगरी युवा मतदाताहरुमा उत्साह थपेको छ । शिक्षा, स्वास्थ्य, सडक विस्तार, खानेपानी ढल व्यवस्थापन जस्ता उनका मुख्य चुनावी एजेण्डा छन् । सहरी गरीवी र सुकुम्वासी बस्ती व्यवस्थित बनाउने पनि उनका योजना रहेका छन् ।

युवा नेता किरणको उम्मेदवारीले काठमाडौ १ मा नयाँपनको खोजीमा रहेका मतदाताको इच्छा पूरा गर्न बाटो खुलेको पनि कतिपयको बुझाइ छ । युवा नेतृत्व छनौटका लागि देशभर चलिरहेको अभियानले पनि उत्साही बनाएको नेता किरणको भनाइ छ ।

 

Logo