सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन जुट्यो सहमति

सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन जुट्यो सहमति

केन्द्रबिन्दु
126
Shares

सरकार र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहकारीको बचत अपचलन प्रकरणमा संसदीय छानबिन समिति बनाउन सहमति जुटेको छ ।

बालुवाटारमा शनिबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायत शीर्ष नेताहरूको बैठकमा यस्तो सहमति जुटेको हो ।

उक्त समितिको टीओआर बनाउन कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन हुने भएको छ । कार्यदलमा एमालेका महेश बर्तौला, कांग्रेसका जीवन परियार र रास्वपाका शिशिर खनाल रहनेछन् । उक्त कार्यदलले भोलिदेखि नै काम थाल्नेछ ।

गृहमन्त्री लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको छानबिन गर्न कांग्रेसले संसदीय समितिको बटमलाइन बनाउँदै सदन घेरिरहेको थियो । बिहीबार त कांग्रेस र एमालेका सांसदहरुबीच सदनमै हात हालाहालको स्थितिसमेत बन्न पुग्यो । त्यसपछि शुक्रबार पनि बैठक बस्न सकेन र आइतबारका लागि सारिएको छ । तर, आज जुटेको सहमति गृहमन्त्री लामिछानेमाथि केन्द्रित भएर हो वा होइन भन्नेबारे स्पष्ट भइसकेको छैन ।

Logo