गोदावरी मेयर कपको उपाधि काठमाडौं महानगरलाई

गोदावरी मेयर कपको उपाधि काठमाडौं महानगरलाई

केन्द्रबिन्दु
28
Shares

पाटन (ललितपुर) । गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकाले हात पारेको छ । गोदावरी बहुउद्देश्यीय रङ्गशालाको झ्यालुन्टार मैदानमा आज भएको फाइनल खेलमा चन्द्रागिरि नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै काठमाडौँ महानगर विजेता बनेको हो ।

उपाधि विजेता काठमाडौँ महानगरपालिकाले प्रथम पुरस्कार रु पाँच लाख र उपविजेता चन्द्रागिरि नगरपालिकाले रु तीन लाख प्राप्त गरेका छन् । गत वैशाख २९ गते सम्पन्न हुनेगरी तयारी गरिएको प्रतियोगिता वर्षात्का कारण सेमिफाइनल खेल रोकिँदा ढिला सम्पन्न भएको प्रतियोगिताका संयोजक निरोज बज्राचार्यले बताए ।

गोदावरी नगरपालिकाको आयोजनामा गत वैशाख १५ गतेदेखि प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुला मेयरकप फुटबल प्रतियोगिता भएको थियो । उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टिम प्रतियोगितामा प्रतिस्पर्धाका लागि सहभागी थिए ।

Logo