कोमल नै किन ?

कोमल नै किन ?

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले केन्द्रीय सदस्य कोमल ओली नेपाली कला तथा संगीत क्षेत्रमा आफ्नो छुट्टै छाप छोडेकी एक सक्षम महिला हुन् । 

राजनीतिमा प्रवेश गर्न रेडियो नेपालको जागिर छाडेकी ओली लोकप्रिय मतसहित राप्रपाको केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । राष्ट्रिय प्रजातन्त्र पार्टीमार्फत राजनीति सुरु गरेकी उनी एमाले प्रवेश गरेपछि २०७४ मा राष्ट्रिय सभा सदस्य भइन् । समाचार पढेर होस् वा गीत गाएर सर्वसाधारणको मन जितेकी वली अहिले नेपाली काँग्रेसका केन्द्रीय नेता दीपक गिरीलाई टक्कर दिन दाङको क्षेत्र नम्बर ३ मा आइपुगेकी छन् । 
उनले पहिलोपटक प्रत्यक्ष निर्वाचन लड्ने अवसर पाएकी हुन् । पश्चिम दाङमा कांग्रेसभित्र गिरी परिवारमा रहेको आन्तरिक गुटबन्दी गिरीका लागि चुनौती छ । कांग्रेसभित्रको गुटबन्दी मिलाई गठबन्धनको सबै भोट पाउन सकेमात्र गिरीलाई जित्न सहज छ । अन्यथा वली उनका लागि कडा प्रतिस्पर्धी र भारी सावित हुन सक्छिन् ।

२०७४ मा पनि उनी यस क्षेत्रमा प्रत्यक्ष निर्वाचन लड्ने योजनामा थिइन् । एमालेले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । अन्त्यमा राष्ट्रियसभा सदस्यको जिम्मेवारी लिने भएपछि उनले उम्मेदवारी फिर्ता लिएकी थिइन् ।

गीत, संगीत र राजनीति संगसंगै उदाएकी बहुप्रतिभाशाली वली सबैकीप्रिय त यसै छिन् । गायिका,सञ्चारकर्मी र त्यतिमात्र नभई एक नेतृको रुपमा उनी बालकदेखि वृद्धमाझ लोकप्रिय छिन् ।आफ्नो जीवनकालमा निकै उतारचढाव पार गर्दै आएकी वलीलाई एमालेभित्रको एकताबद्ध मत र विगतमा गायन तथा सञ्चार क्षेत्रमा काम गर्दा कमाएको जनसम्पर्कको भर छ । एमाले एक्लै निर्वाचनमा होमिएका कारण मत तितरवितर हुँदैन भन्ने बुझाइ छ, जुन तुलसीपुर उपमहानगरपालिकाको हकमा वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि देखिएको छ । कांग्रेसभित्रको गुटबन्दी उनका लागि अवसर हुन सक्छ ।

उनी स्कुल, कलेजमासबैभन्दा प्रतिभाशाली विद्यार्थी र एउटा अब्बल खेलाडी पनि हुन् । लोकगायिकाका रुपमा स्थापित भएर कला साहित्य र संगीतबाट दाङलाई चिनाउनुमा उनको ठूलो योगदान छ । राष्ट्रिय सभामार्फत आवाजविहीनहरुको आवाज बुलन्द गर्ने नेतृ वलीमहिला र ग्रामीण क्षेत्रका जनताका आवाज उठाउन निरन्तर क्रियाशील छिन् । लामो समय गीतसंगीत र सञ्चार क्षेत्रमा योगदान गरेकी वली अब राजनीतिबाट देशमा योगदान गर्न चाहन्छिन् । उनको विजयले दाङ एक सक्षम महिला नेतृत्व प्राप्त गर्न सफल हुनेछ ।

 

Logo