भक्तपुरका भक्त महेश !

भक्तपुरका भक्त महेश !

केन्द्रबिन्दु
0
Shares

नेपाली राजनीतिका उदीयमान नेता हुन भक्तपुरका महेश बस्नेत । नेकपा एमालेका नेता बस्नेत भक्तपुरको मुहार बदल्ने कुशल योजनाकारका रुपमा चर्चित छन् । समृद्ध भक्तपुरको परिकल्पनाकार तथा जनताको दुःख–सुखका सारथी हुन महेश । भक्तपुरले उनीजत्तिको शालिन, बौद्धिक, जनमैत्री र हिम्मतिलो नेता बिरलै पाएको चर्चा हुने गरेको छ । 

युवा आन्दोलनकै नेतृत्व लिई विकासको विगुल फुक्न सक्ने थोरै नेतामा पर्न सफल भएका छन् महेश बस्नेत । बाटाघाटा पुलपुलेसा बनाउने काममा महेश बस्नेतको अग्रसरता भक्तपुरका सबै समुदायका जनताबीच प्रख्यात भैसकेको छ । नदी, खोला, सार्वजनिक जग्गाको संरक्षण सहित भक्तपुरलाई व्यवस्थित सहरको रुपमा विकास गर्नपनि महेश बस्नेतको नाम अग्रपंक्तिमा आएको छ । 

जनताको पीरमर्का नजिकैबाट बुझ्ने र सहयोग गरिहाल्ने स्वभावका धनी हुन महेश । आफ्नो निर्वाचन क्षेत्रका कुनाकुनामा सडक, पीच र पानी,शिक्षा, स्वास्थय लगायत पूर्वाधार निर्माणमा नेता महेशले गरेका काम निकै महत्वपूर्ण मानिएको छ । भक्तपुरको पर्यटकीय सम्भावनालाई थप उचाइमा पुर्याउन आवश्यक पूर्वाधार निर्माणमा पनि नेता बस्नेत अहोरात्र खट्ने गरेका छन् ।  

कान्छो जनप्रतिनिधिका रुपमा स्थानीय सरकार सञ्चालनको अनुभव छ उनीसँग । पार्टी र जिल्लामा आइपर्ने सबै समस्यामा काँध थाप्न सक्ने काबिल नेताका रुपमा परिचित भैसकेका छन् नेता महेश बस्नेत । बेला बखत चर्चामा आउने नेता बस्नेत जनताको पक्षमा सँधै लडिरहने नेताका रुपमा चिनिइसकेका छन्। 

युवा संघको अध्यक्षसमेत रहेका बस्नेत पूर्व उद्योगमन्त्री समेत हुन् । उद्योग स्थापना र स्वदेशी वस्तुको प्रयोग बढाउन उनले गरेका नीतिगत सुधारका कामहरु उल्लेख्य छन् । भक्तपुरलाई प्रतिनिधित्व गर्दै राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने, जनपक्षीय निर्णय लिन सक्ने साहस र करुणा भएका नेता बस्नेत आगामी निर्वाचनमा पनि भक्तपुर क्षेत्र नं. २ बाट उम्मेदवार बनेका छन् । भक्तपुरका जनताको समस्यालाई नजिकबाट नियालेका बस्नेत आफू अत्यधिक मतले विजयी हुनेमा ढुक्क देखिएका छन् ।

 

 

Logo