गुल्मी २ मा उदाउलिन् त रामकुमारी ?

गुल्मी २ मा उदाउलिन् त रामकुमारी ?

केन्द्रबिन्दु
0
Shares

रामकुमारी झाँक्री नेपाली राजनीतिमा सडक संघर्षबाट स्थापित नेता हुन । निरंकुश शासनका विरुद्ध ज्यानको बाजी थापेर सँधै आन्दोलनको अग्रभागमा रहने युवा नेताका रुपमा उनको परिचय बनिसकेको छ । 

विद्यार्थी राजनीतिको नेतृत्व गर्दै राष्ट्रिय राजनीतिमा सफल थोरै नेपाली मध्येमा उनको नाम आउँछ । जुनसुकै तह र तप्काका व्यक्तिबाट हुने अन्यायका विरुद्ध तत्काल आवाज उठाउन सक्ने हिम्मतीली नेतृ हुन रामकुमारी । नेपाली महिला सबै काम गर्न सक्षम छन् – भन्ने मान्यता बोकेकी रामकुमारी लोभलाग्दो राजनीतिक भविष्य भएकी नेता पनि हुन् । नेकपा एकीकृत समाजवादीको सचिव समेत रहेकी रामकुमारीले यसअघि शहरी विकास मन्त्रालयको जिम्मेवारी पनि सम्हालिसकेकी छन् । मन्त्रालयको नेतृत्वमा रहँदा उनले थालेका सुधारका कामहरु पनि चर्चामा छन् । 

जनताको सेवामा सँधै क्रियाशील रहने उद्धेश्य लिएकी रामकुमारीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मी क्षेत्र नं.२ बाट उम्मेदवारी दिएकी छिन । निर्वाचन प्रचारप्रसारमा उनको खटनपटनले गुल्मीका जनतामा खुशीको सञ्चार भएको छ । घरदैलो अभियानका क्रममा उनले जनताका पिरमर्का राम्ररी बुझ्ने मौका पाएकी छिन ।  

उनको उम्मेदवारीले खासगरी गुल्मीका आमा, दिदी, बहिनीहरुमा उत्साह समेत थपेको छ । सबैसँग खुलेर हाँसखेल गर्ने स्वभावकी रामकुमारीको उम्मेदवारीले सबै वर्ग, क्षेत्र र सम्प्रदायका मानिसहरु प्रफुल्ल देखिएका छन् । घरेलु तथा ग्रामीण उद्योग स्थापना गरी रोजगारी बढाउने, गुणस्तरीय स्वास्थ सेवा प्रदान गर्ने, पर्यटन पूर्वाधारको विकास गर्ने जस्ता उनका मुख्य चुनावी एजेण्डा छन् । पिछडिएको क्षेत्र र समुदायको हितमा काम गर्ने, मिटरब्याजी लगायत सबै प्रकारका शोषण, उत्पीडनको अन्त्य गर्ने योजना उनका रहेका छन् । 

युवा नेतृ रामकुमारीको उम्मेदवारी देशमा महिला नेतृत्व स्थापित गर्ने दिशामा पनि अर्थपूर्ण मानिएको छ ।  ५ दलीय गठबन्धनको साझा उम्मेदवार रहेकी रामकुमारीले जनताले अपार माया दिनेमा आफू ढुक्क रहेको बताएकी छिन ।

 

Logo