ओखलढुंगामा रामहरि नै किन ?

ओखलढुंगामा रामहरि नै किन ?

केन्द्रबिन्दु
0
Shares

शालीन र संघर्षशील व्यक्तित्वका धनी नेपाली काँग्रेसका युवा नेता रामहरि खतिवडा राष्ट्रिय राजनीतिका स्थापित नेता हुन । राजनीतिक कर्मथलो ओखलढुंगादेखि केन्द्रीय राजनीतिमा छुट्टै पहिचान बनाउन सफल खतिवडा जनतामाझ निकै प्रिय छन् ।

ओखलढुंगे जनतामाझ विकासपे्रमी भनेर चिनिने खतिवडा प्रायजसो जनताकै घर आगनमा भेटिन्छन् । लोकतन्त्रप्रति सँधै प्रतिवद्ध रहँदै आएका खतिवडा आफ्नो जिल्ला मात्र नभै पूर्वी भेगकै विकासमा सरोकार राख्ने नेता हुन् । कतिपय अवस्थामा निजी खर्चमै पनि विकास र राहतका काममा उनी लाग्दै आएका छन् । बृहत् जनसम्पर्क र सम्बन्धका कारण नेता खतिवडा धेरैजसो काम सजिलै फत्ते गर्न सफल हुने गरेको उनका शुभचिन्तकको बुझाइ छ । 

प्रजातन्त्र सेनानी बलबहादुर राईको छत्रछायामा राजनीतिक व्यक्तिलाई निखार ल्याएका खतिवडा जिल्ला र जिल्लावासीले भोगेका समस्या जसरी पनि समाधान गरिछाड्ने स्वभावका छन् । ओखलढुंगे जनताले राजधानी काठमाडौमै भोग्ने समस्या समाधानका लागि पनि हरतरहले सहयोग पुर्याउँदै आएका छन् नेता खतिवडाले । संसदीय राजनीतिको अनुभव हासिल गरिसकेका काँग्रेस नेता खतिवडाले संसदमा पटकपटक सार्वजनिक महत्वका विषयमा चट्टानी अडान राखेका पनि थिए । उनको संसदीय प्रस्तुति अन्य नेताहरुको भन्दा ओजिलो पनि रहँदै आएको छ । 

विकासप्रेमी उनै नेता खतिवडा आगामी मंसिर ४ को आमनिर्वाचनमा ओखलढुंगा जिल्लाबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका छन् । १ मात्र क्षेत्र रहेको ओखलढुंगामा सत्तागठबन्धनबाट उम्मेदवार बनेका खतिवडा यतिखेर चुनावी अभियानमा व्यस्त छन् । जनताका समस्या बुझ्ने र तिनको समाधानका उपाय बारे परामर्शमा छन् नेता खतिवडा । शिक्षा, स्वास्थ्य, बाटोघाटो पुलपुलेसा, खानेपानी र पर्यटनका योजना सहित चुनावी मैदानमा उभिएका छन् नेता खतिवडा ।

युवापुस्ता माझ लोकप्रिय रहेका कारण पनि नेता खतिवडालाई चुनावी अभियानमा थप सहज भएको छ । चुनावमा जिल्लावासीको अमूल्य मत सहित जनसेवामा अझ प्रभावकारी ढंगले लाग्न पाउनेमा उनी ढुक्क देखिएका छन् ।
 

Logo