काठमाडौँ । सर्लाहीको बलरा नगरपालिका–४ स्थित मतदान केन्द्रमा केही समय रोकिएको मतदान पुनः सुरु भएको छ।
प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखसहितको टोली मतदान केन्द्रमा पुगेर विवाद समाधान गरेपछि मतदान पुनः सञ्चालनमा आएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंह मतदान स्थल पुगेपछि विवाद सुरु भएको थियो। बलरा–४ मा रहेको श्री प्राथमिक विद्यालयस्थित मतदान केन्द्रमा केही समय मतदान रोकिएको थियो।
यसअघि बलरा–१ स्थित अर्को मतदान केन्द्रमा पनि केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो।































प्रतिक्रिया