चलचित्र ‘प्रेमगीत ३’ को हिन्दी संस्करणको ट्रेलर रिलिज भएको छ । ट्रेलरमा लडाइँ र प्रेमका दुई आयामलाई चित्रण गरिएको छ ।
स्व.छेतेन गुरुङ र सन्तोष सेनको निर्देशनमा तयार भएको यस चलचित्रको केन्द्रीय द्वन्द्व नै राजयोगमा जन्मिएको प्रेम नामक पात्रको जीवनमा गीत नामक युवतीको प्रवेश भएपछि आउने उतारचढावलाई देखाउन खोजिएको छ ।
चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, सुनिल थापा, शिव श्रेष्ठ लगायतको प्रमुख भूमिका छ । चलचित्र असोज ७ गते नेपाल र भारतमा एकसाथ प्रदर्शन हुँदैछ ।
प्रतिक्रिया