लक्की साँगीतिक साँझमा गायक कार्की र वन्दनालाई सम्मान गरिँदै

लक्की साँगीतिक साँझमा गायक कार्की र वन्दनालाई सम्मान गरिँदै


मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले १५ असोजमा भरतपुरमा साँगीतिक साँझ आयोजना गर्ने भएको छ ।

साँगीतिक साँझमा  वरिष्ठ गायक आनन्द कार्की तथा गायिका देविका वन्दनालाई सम्मान गर्ने मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले जानकारी दिए । उनका अनुसार नेपाली साँगीतिक क्षेत्रमा योगदान दिए बापत उनीहरूलाई सम्मान गर्न लागिएकाे हाे । साँगीतिक सांँझमा चर्चित कलाकार तथा गायक, गायिकाको उपस्थिति रहने छ ।

गायक कार्कीले गजल, भजन, आधुनिक र चलचित्रका समेत गरी ६ हजारभन्दा बढी गीत गाइसकेका छन् । नेपाली गीतमा मात्र होइन, हिन्दी गीतमा पनि उनको उत्तिकै प्रभाव छ । यस्तै, गायिका देविका वन्दनाले नेपाली गीतसँगै नेवारी, हिन्दी, मराठी लगायत भाषाका हजारभन्दा बढी गीतमा सुमधुर स्वर दिएकी छिन् । 

Logo