६० वर्षिय टम क्रुजले ‘मिशनः इम्पोसिबल–डेड रेकनिङ पार्ट वन’ फिल्मका लागि एक हातले प्लेन समाते

६० वर्षिय टम क्रुजले ‘मिशनः इम्पोसिबल–डेड रेकनिङ पार्ट वन’ फिल्मका लागि एक हातले प्लेन समाते

केन्द्रबिन्दु
0
Shares

टम क्रुज आफ्नो फिल्मी करियरको नयाँ उचाइमा पुगेका छन् । 

उनको उमेर बढ्दै गएको छ तर अभिनेताको अभिनयमा कुनै परिवर्तन आएको छैन । बरु बढ्दो उमेरमा पनि उनी निकै सुन्दर देखिन्छन् । टम क्रुजको यस्तै एउटा भिडियो सार्वजनिक भएको छ । जसमा उनी जबरदस्त एक्सन गरिरहेको देख्न सकिन्छ । तर यस पटक यो उनको बिलियन डलरको फिल्म ‘टप गनः माभेरिक’ को लागि होइन । उनको अर्को एक्शन फिल्म ‘मिशनः इम्पोसिबल – डेड रेकनिङ पार्ट वन’ को लागी हो ।

सामाजिक सञ्जालमा भाइरल भएको एक मिनेटको क्लिपमा टमले विमानमा उभिएर आफु अझै साहशिक फिल्ममा अभिनय गर्न सक्ने सन्देश दिएका छन् । सार्वजनीक भिडियोमा उनले आफू नयाँ फिल्म ‘एमः आई’ को सुटिङमा रहेको भन्दै ठूलो पर्दामा उत्साहित देखिएका छन् ।

सार्वजनीक भिडियो उनले एक हातले प्लेन समातेका छन् । भिडियोमा निर्देशक क्रिस्टोफर म्याक्वेरी पनि छन् । सार्वजनीक सम्पूर्ण फुटेज बाईप्लेनबाट खिचिएको हो । 

Logo