धर्मेन्द्रकाे नयाँ गीत सार्वजनिक, गीतकारले जीवनसाथीलाई अर्पण गरे

धर्मेन्द्रकाे नयाँ गीत सार्वजनिक, गीतकारले जीवनसाथीलाई अर्पण गरे

केन्द्रबिन्दु
0
Shares

गीतकार मुक्ति रोकाको  ‘तिमीलाई नदेख्दा’ बाेलकाे नयाँ गीत सार्बजनिक भएको छ । बिहीबार परेको वैवाहिक जीवनको रजत महोत्सवमा उनले जीवनसाथी टिकामाया रोकालाई सो गीत अर्पण गरेका हुन् ।

उक्त गीतमा गायक धर्मेन्द्र शेवानको स्वर र संगीत भरिएकाे छ । कार्यक्रममा पनि धर्मेन्द्रले लाइभ प्रस्तुति दिएका थिए। 

कोभिड–१९ का कारण नेपालबाट अष्ट्रेलिया फर्कंदा १५ दिन क्वारेन्टाइनमा बस्नु परेको र सो समयमा परिवारको सम्झना आउँदा उक्त गीत लेखेको गीतकार रोकाले बताए । म्याग्दीका उद्यमी उनी विगत २२ वर्षदेखि अष्ट्रेलियामा बस्दै आएका छन्।

छेवाङ लामाको निर्देशन रहेको गीतको भिडियोमा आकाश श्रेष्ठ र एलिसा राई फिचर्ड छन् । सन्तोष भुजेलको कोरियोग्राी रहेको उक्त भिडियोलाई विजेश पौडेलले सम्पादन गरेका छन् । सो कार्यक्रममा कलाकार रिमा विश्वकर्मा, एलिसा राई, सन्दीप क्षेत्री, सुवानी मोक्तान, सुगम पोखरेल र रोशन भट्टराई सहभागी थिए । उनीहरुले गीतको प्रशंसा गरेका थिए।  

भिडियो-

 

 

Logo