‘पोन्नियिन सेल्भान’ दोस्रो दिनको कलेक्शन : १०० करोड भन्दा बढी

‘पोन्नियिन सेल्भान’ दोस्रो दिनको कलेक्शन : १०० करोड भन्दा बढी


मणिरत्नमको निर्देशनमा बनेको फिल्म ‘पोन्नियिन सेल्वान’ ले बक्स अफिसमा धमाका मच्चाएको छ । 

‘विक्रम वेधा’को सन्दर्भमा पीएस–१ वर्ल्ड वाइड १०० करोडभन्दा बढीको व्यापार गर्न सफल भएको छ । विक्रम, जयम रवि, कार्ती, तृषा र ऐश्वर्या राई बच्चन जस्ता स्टारहरूले सजिएको यो फिल्मले सबैतिरबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । यसैसँगैं ‘पोनियिन सेल्भान’ को दोस्रो दिनको बक्स अफिस रिपोर्ट पनि बाहिर आएको छ । पहिलो दिन फिल्मले उत्कृष्ट कलेक्सन गरेको फिल्मले दोस्रो दिन पनि धेरै राम्रो कमाइ गरेको छ । यो फिल्मबाट ऐश्वर्या राय बच्चन लामो समयपछि पर्दामा फर्किएकी छिन् । यही भदौ ३० गते शुक्रबार रिलिज भएको ‘पीएस–१’ को ‘विक्रम वेध’सँग प्रतिस्पर्धा थियो । तर, ऋतिक रोशन र सैफ अली खानको फिल्मले ऐश्वर्या रायको फिल्म अघि फेल खाएको देखिन्छ । ‘विक्रम वेध’ भन्दा पीएस–१ लाई लिएर दर्शकमा निकै उत्साह देखिएको छ ।

५०० करोडको बजेटमा बनेको ‘पोनियिन सेल्भान’ ले पहिलो दिन भारतीय बक्स अफिसमा ७८.२९ करोड रुपैयाँ कलेक्सन गरेको छ । यद्यपि फिल्मले पहिलो दिन हिन्दी बेल्टमा २ करोड मात्रै कमाइ गरेको थियो । यस्तै दोस्रो दिन सय करोडको आँकडा पार गरेको जानकारी बक्स अफिसले दिएको छ । योसँगै पीएस–१ सबैभन्दा छिटो १०० करोड क्लबमा प्रवेश गर्ने फिल्म बनेको छ ।

घरेलु बक्स अफिसको कुरा गर्ने हो भने फिल्मले पहिलो दिन ३६.५ करोड कमाएको थियो । यस्तै दोस्रो दिन यो अंक केही घटेर ३२.५० करोड पुगेको छ । यो सँगै भारतमा यस फिल्मको कुल कलेक्सन करिब ६९ करोड पुगेको छ । ‘पीएस–१’ एक ऐतिहासिक फिल्म हो । यो फिल्मको कथा चोल साम्राज्यको इतिहासमा आधारित छ 

Logo