विवाह बन्धनमा बाँधिए कमल र मेलिना

विवाह बन्धनमा बाँधिए कमल र मेलिना

केन्द्रबिन्दु
0
Shares

गायक कमल खत्री र गायिका मेलिना मैनाली विवाह बन्धनमा बाँधिएका छन् । केहिसमय अघि इङ्गेजमेन्ट गरेका खत्री र मैनालीले  आइतबार विवाह गरेका हुन्।

विवाह समारोहमा दुई जनाको परिवारको मात्रै उपस्थिति रहेको गायक खत्रीले जानकारी दिएका छन्। उनले भनेका छन्, ‘केहि हप्ता पहिले ईङ्गेजमेन्ट गरेका हामी दुबै जना आजबाट वैवाहिक बन्धनमा बाँधिएका छौं । घर परिवारको उपस्थितिमा मात्र सामान्य तरिकाले हामीले बिबाह गरेका हौं, विहेमा लाग्ने खर्च गरिब असहायलाई सहयोग गर्ने भनेर हामीले हाम्रो वैवाहिक जिवनको सुरूवात गरेका छौं।’

प्रेम सम्बन्धमा रहेका खत्री र मैनालीले पछिल्लो समय आफ्नो सम्बन्धबारे खुलेर जानकारी दिएका थिए। दुवैजनाले विभिन्न गीतमा सहकार्य गरेका छन्। 

Skip This
Skip This
Logo