रकुल प्रीत र ज्याकी भगनानी विवाह बन्धनमा बाधिँदै

रकुल प्रीत र ज्याकी भगनानी विवाह बन्धनमा बाधिँदै

केन्द्रबिन्दु
0
Shares

बलिउडमा फ्लपको युग सँगसँगै विवाहको युग पनि चलिरहेको छ । हालै बलिउड अभिनेत्री ऋचा चड्ढा र अली फजलले विवाह गरेका छन् र अहिले सिद्धार्थ मल्होत्रा ​​र कियारा आडवानीको विवाहको खबर चर्चामा छ । 

साथै बलिउड अभिनेत्री रकुल प्रीत सिंह र अभिनेता ज्याकी भगनानी पनि विवाह बन्धनमा बाँधिने चर्चा चलिरहेको छ । विवाहको चौतर्फी चर्चा भएपछि अभिनेत्रीका भाइले सन् २०२३ मा दुवैले लगनगाँठो कस्ने खुलासा गरेका छन् ।

सिंह र भगनानी प्रायः सँगै देखिन्छन् । यी दुईले आफ्नो सम्बन्धलाई नयाँ नाम कहिले दिने भन्ने बारे पनि फ्यानहरू उत्सुक छन् । सिंहका भाइ अमनले उनीहरूले केही प्रोजेक्टमा सँगै काम गरेको, दुवै एकअर्कालाई मन पराउने र विवाह गर्न चाहेकाे बताएका छन् ।

Logo