शाहरुख ‘डंकी’ फिल्मको शुटिङका लागि साउदी जादै 

शाहरुख ‘डंकी’ फिल्मको शुटिङका लागि साउदी जादै 

केन्द्रबिन्दु
0
Shares

शाहरुख खान देशभक्तिबाट प्रेरित फिल्म ‘पठान’ बाट सिने पर्दामा कमब्याक गर्न लागेका छन् । 

फिल्ममा उनी देशभक्तिबाट प्रेरित भूमिकामा देखिँदैछन् । यसबाहेक उनी राजकुमार हिरानी निर्देशित फिल्म ‘डंकी’ मा देखिने भएका छन् । फिल्ममा शाहरुख पहिले कहिल्यै नदेखिएको अवतारमा देखिनेछन् । यसैबिच पठान अभिनेता शाहरुख फिल्मको छायांकनका लागि साउदी अरब जान सक्ने जानकारी बाहिर आएको छ । जहाँ उनले फिल्मको महत्वपूर्ण भागको सुटिङ गर्ने छन् । समाचार वेबसाइट पिंकभिल्लाका अनुसार राजकुमार हिरानी र शाहरुख खान आफ्नो डेब्यू फिल्म डंकीको अर्को शेड्युलको सुटिङका लागि नोभेम्बरमा साउदी अरब जान सक्नेछन् । यो तालिका १० देखि १२ दिन लामो हुन सक्छ ।

जानकारी अनुसार हालै निर्माण पक्षले ‘डङ्कीका वाई’ को छायांकन सक्काएको छ । जहाँ टिमले फिल्मका धेरै महत्वपूर्ण भागको सुटिङ गरेका थिए । फिल्ममा शाहरुखसँगै अभिनेत्री तापसी पन्नु र बोमन इरानी मुख्य भुमिकामा देखिनेछन् । 

Skip This
Skip This
Logo