कन्नड फिल्म ‘कान्तारा’ले बलिउडका ठूला फिल्मलाई कमाइमा पछार्यो

कन्नड फिल्म ‘कान्तारा’ले बलिउडका ठूला फिल्मलाई कमाइमा पछार्यो

केन्द्रबिन्दु
0
Shares

न्युज वेबसाइट इन्डिया टुडेका अनुसार आइतबार भारत–पाकिस्तान खेल भए पनि बक्स अफिसमा कान्ताराले १० औं दिन राम्रो प्रदर्शन गरेको छ । 

वेबसाइटका अनुसार आइतबार फिल्मले २० करोडभन्दा बढी सङ्कलन गरेको छ । व्यापार विश्लेषक तरण आदर्शका अनुसार हिन्दी भाषामा यो हप्तामा कमाईका हिसाबले कान्ताराले उत्कृष्ट कलेक्सन गरेको छ । कमाईका हिसाबले यो फिल्मले आइतबार धेरै ठूला फिल्महरूलाई पछाडि छोडेको छ । कन्नड भाषामा बनेको फिल्म कन्नडमा सेप्टेम्बर ३०, २०२२ मा पहिलो पटक रिलिज भएको थियो । कन्नडमा फिल्मको कमाईले सबैलाई छक्क पारेको थियो । कन्नडमा उत्कृष्ट व्यापार गरेपछि निर्माताहरूले हिन्दी भाषाका दर्शकहरूको लागि अक्टोबर १४ का दिन रिलिज गरेका थिए । 

फिल्मले पहिलो दिन १.२७ करोड कमाई गरेको थियो । जुन धेरै साउथ हिन्दी भाषाका फिल्महरू भन्दा बढी थियो । त्यसपछि हिन्दी भाषाका दर्शकमाझ कण्ताराको जादु चलिरहेको छ र यही जादुका कारण फिल्मले बक्स अफिसमा लगातार तहल्का मच्चाइरहेको छ । ऋषभ शेट्टी निर्देशित र अभिनीत कान्तारा कर्नाटकको तटीय गाउँका बासिन्दाको लोककथामा आधारित छ । 

अहिलेसम्म हिन्दी भाषामा कान्ताराले गरेको व्यापार 
पहिलो दिन १.२७ करोड

दोस्रो दिन २.७५ करोड

तेस्रो दिन ३.५ करोड

चौथो दिन १.७५ करोड

पाँचौं दिन १.८८ करोड

छौटौं दिन १.९५ करोड

सातौ दिन १.९० करोड

आठौं दिन २.०५ करोड

नवौं दिन २.२२ करोड
 

Skip This
Skip This
Logo