मिस लिम्बू -२०२३ चैत ११ गते हुने

मिस लिम्बू -२०२३ चैत ११ गते हुने

केन्द्रबिन्दु
0
Shares

मिस लिम्बू -२०२३ चैत ११ गते हुने भएको छ । वौद्धिक विकास र सौन्दर्य पहिचान र संस्कृति भन्ने मुल नारासहित सम्मान मिस लिम्बू (सिसागेन याक्थुङ्मा) छैटौं संस्करण काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुन लागेको हो ।

मौलिक कला संस्कृति जगेर्ना तथा लिम्बू समुदायका युवतीहरुको व्यक्तित्व विकाश गर्ने मुल उदेश्यसहित यो प्रतियोगिता आयोजना हुन लागेको आयोजक टिमले जनाएको छ । उक्त प्रतियोगितामा नेपालसहित हङकङ, युके, सिक्कीम, दार्जेलिङलगायत स्थानका करिव ३० जना युवतीहरुको सहभागिता रहनेछ । 

विजेताले नगद ५० हजारसहित एउटा स्कुटर, दोस्रो हुनेले १ लाख तथा तेस्रो हुनेले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै मिस नेपाल आयोजक हिडन ट्रेजरको मापदण्ड पुरा गरेको खण्डमा विजेता मिस लिम्बूलाई आउँदो मिस नेपालमा सिधै प्रवेश समेत गराइने छ । 

मिस लिम्बूमा सहभागिताका लागि एसईई उतिर्ण गरेका १७ देखि २६ वर्ष सम्मको उमेर समूहका लिम्बू युवती हुनुपर्नेछ र अविवाहित हुनुपर्नेछ ।

प्रतियोगितामा पूर्व मिस नेपाल तथा चर्चित कोरियोग्राफर सदिक्षा श्रेष्ठले कोरियोग्राफी गर्ने भएकी छिन् । साथै पूर्व मिस नेपाल माल्भीका सुव्वा, सुविन लिम्बू, भाषाविद् यासेली योङहाङ,डिबी आड्वुङ लगायतले व्यक्तित्व विकासको तालिम प्रदान गर्नेछन् ।

प्रतियोगिताको अडिशन धरानमा माघ २८ गते तथा काठमाडौंमा फागुन ६ गते आयोजना हुनेछ । प्रतियोगिताको प्रत्यक्ष प्रशारण राष्ट्रिय टेलिभिजन तथा अनलाइन मार्फत हुने छ भने सम्मान मिस लिम्बू विजेतालाई टाइटल स्पोन्सर सम्मान इन्जिनियरिङ लिमिटेड ब्राण्ड एम्बासेडर हुनेछ । साथै विजेताले उक्त कम्पनीमार्फत हङकङ भ्रमणको अवसर प्राप्त गर्न सक्नेछन् । 

Logo