ऋचा शर्माले अष्ट्रेलियामा जितिन् उत्कृष्ट अभिनेत्री अवार्ड [फिल्मसहित]

ऋचा शर्माले अष्ट्रेलियामा जितिन् उत्कृष्ट अभिनेत्री अवार्ड [फिल्मसहित]

केन्द्रबिन्दु
0
Shares

अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियामा छोटो फिल्म ‘ब्लड मनी’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन्। अभिनेत्री ऋचाले सिड्नीमा सम्पन्न ‘टाइटान फिल्म फेस्टिभल’बाट वर्षकै उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी हुन् । 

२०२२ संस्करणको तेस्रो त्रैमासिकको प्रतिस्पर्धामा ऋचाले उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्दै वार्षिकी अवार्डको लागि स्वतः मनोनयनमा परेकी थिइन् । 

अशोक तिमल्सिनाको लेखन तथा निर्देशन रहेको ‘ब्लड मनी’ले पारिवारिक अवस्थाले विदेशिएका युवाले परिवारको खुसीका लागि आफ्नो ज्यान साटेको कथा वाचन गर्छ । २७ मिनेट लामो उक्त फिल्ममा ऋचा शर्मा, अशोक तिमल्सिना, मिथिला शर्माको मुख्य भूमिका रहेको छ। यो फिल्म ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक भइसकेको छ। 

यसअघि ‘ब्लड मनी’ ले ह्वाइट पर्ल्स इन्टरनेशनल फिल्म फेस्टिभल र अथ्वीकवरुणी इन्टरनेशन फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो।

 

Logo